शुक्रवारदेखि बुटवलमा क्यान इन्फोटेक

प्रकाशित मिति:

सबलपोष्ट । क्यान महासंघ प्रदेश ५ को संयोजकत्व तथा कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) रुपन्देहीको आयोजनामा शुक्रवार बाट हुने सूचना प्रविधि मेलाको तयारी सकिएको छ । सूचना तथा संचार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकताबारे जानकारी दिन प्रदेश स्तरीय क्यान इन्फोटेक गर्न लागिएको रुपन्देही अध्यक्ष रामुदेब गौतमले बताए । इन्फोटेकमा आर्इंटी सम्बन्धि प्रदर्शनी संगै विविध प्रतियोगिता गराइने उनले बताए । प्रदेश ५ मै पहिलोपटक खुल्ला हाकाथुनदेखि टिकटक,बेवी डान्ससम्मका प्रतियोगिता गर्दैछौं, उनले भने, २४ घण्टे हार्डकोडिङ प्रतियोगिता पनि पहिलो हो । क्यान इन्फोटेकले व्यवसायी र उपभोक्ताबिच मिलन गराउनुको साथै अन्तक्रिया गर्न र प्रविधिको बारेमा जानकारी आदान प्रदान गर्ने वातावरण निर्माण गर्ने महासचिव सुरेश भट्टराईले बताए ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलि कम्युनिकेशन, बैंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स , पेमेन्ट सोलुसन्स् र विभिन्न नयां प्रविधिको प्रयोग गरेर स्थानिय विद्यार्थीले बनाएका प्रविधियुक्त सफ्टवेयरका स्टल रहनेछन् ।