जनता आधारभुत बिध्यालय सुनवलले महायज्ञको आय ब्यय विवरण गरेको छ ।

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
15 Shares


रामु भुषाल । सरस्वती पुजाको अवसर पारी जनता आधारभुत बिध्यालय सुनवल १२ हरकट्टा पश्चिम नवलपरासीले विहिबार सरस्वती पुजा एवम् अक्षरारम्भ साथै बिद्यालयमा गत मंसिरमा संचानल भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्याचल माहायज्ञको आयव्यय विवरण सार्वजनिकीकरण कार्यक्रम बिध्यालयको प्रांगणमा सम्पन्न भएको छ । बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितीका संयोजक अमर नारायण चौधरीको अध्यक्षता तथा बिध्यालयका सर्वाधिक चन्ददाता जय प्रकाश चौरधीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा गत मंसिर २६ गते देखि पौष २ गते सम्म संचालन भएको महायज्ञको आयव्यय विवरण समितीका आर्थिक संयोजक सुर्य प्रकाश चौधरीले १ करोड ६ लाख ४ हजार ४ सय ४० बराबरको आर्थिक विवरण प्रस्तुत गर्दै महायज्ञमा ३५ लाख बराबर भुमी दान सहित अन्य जिन्सी र नगद गरी १ कराड ६ लाख ४ हजार ४ सय ४० दान स्वरुप सहयोग संकलन भएकोमा महायज्ञमा १८ लाख ३ हजार ६ सय २६ खर्च भएको विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बिद्यालय ब्यवस्थापन समितीका संयोजक चौधरीले बिध्यालयको गतिबिधी र आगामी योजनाबारे अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महायज्ञ अवधीभर अहोरात्र खटि यज्ञ सफल पार्न सहयोग गर्नुहुने समितीका पदाधीकारी उपसमितीका पदाधिकारी स्वमसेवक स्थानिय बासी सन्चारकर्मी लगाएतलाई प्रशंसापत्रले सम्मान गरीएको थियो भने ३० भन्दा बढी बालकालिकाहरुलाई मन्टेश्वरीमा भर्ना गरिएको र तिनिहरुलाई निशुल्क रुपमा कपि कलम समेत वितरण गरिएको विद्यालयका कार्य वाहक प्रअ गुड्डी कुमारी चौधरीले जानकारी दिनुभएको छ । यज्ञ सम्पादन समिति सचिवालय सदस्य दिपा ढकालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सदस्य टंक प्रसाद सुवेदीले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी