टी–२० विश्वकप छनोटमा नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य

२३ आश्विन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


असोज २३ काठमाडौं । टी–२० विश्वकप छनोट क्रिकेटमा नेपाल र भुटान भिडिरहेका छन् । जितका लागि भुटानले १५१ रनको लक्ष्य पछ्याउँदैछ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनिङ ब्याट्सम्यान प्रदीप सिंह ऐरीको नटआउट ७५ रनको मद्धतले ४ विकेटको नोक्सानीमा १५० रन बनायो ।

ऐरीले २ छक्का र ६ चौकाको मद्धतले ६८ बलमा ७५ रन बनाएका हुन् ।

त्यसैगरी अनिलकुमार शाहले २१ बलमा २७, दिपेन्द्र सिंह ऐरीले १० बलमा १५, करण केसीले ५ बलमा नटआउट ११, आरिफ शेखले १५ बलमा १३ रन बनाउँदा विनोद भण्डारी डकआउट भएका थिए ।

एसिया रिजन क्वालिफायर बी मा रहेको नेपाल समूहको शिर्ष स्थानमा रहेको नेपालले भुटानलाई हराए शिर्ष ३ मा रहेर दुई खेल अघि नै सन् २०१९ मा अष्ट्रेलियामा हुने विश्वकपको अर्को चरणमा छानिने लगभग पक्का हुनेछ ।

यसअघि नेपालले थाइल्याण्ड, मलेसिया र म्यानमारलाई हराएको थियो ।

७ टिम सहभागी भएकामा शिर्ष तीन टिम अर्को चरणमा पुग्नेछन् ।

नेपालले भुटानपछि चीन र सिंगापुरसंग खेल्न बाँकी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे