जनता बहुमुखी क्याम्पसको वार्षिक उत्सव सम्पन्न

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सुर्खेत – विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी–९ को वार्षिक उत्सव बिहिवार सम्पन्न भएको छ । १३ औ वार्षिक उत्सवका अवसरमा क्याम्पसको २३ कोठे भवनको पनि उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावतले गाउँमै उच्च शिक्षा अध्ययन गर्नेहरुका लागि यो क्याम्पसले महत्वपुर्ण भुमीका रहेको बताए । शिक्षा समाजको महत्वपुर्ण विषय रहेको बताउँदै उनले यसको गुणस्तरका लागि तीनै तहका सरकारले हातेमाले गरी अगाडी बढ्नुपर्ने सुझाव दिए ।

विद्यालयले विभिन्न चुनौतीहरुलाई सामना गर्दै यो स्थान सम्म आइपुगेकोमा खुसी व्यक्त गदै मन्त्रि रावतले छात्रबासका लागि ६ कोठे भवनको लागि आगामी वर्ष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । २०६८ सालमा शिलान्यास गरिएको भवनको आठ वर्षपछि उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सांसद नन्दा शर्मा चपाँइ, कर्णाली प्रदेश सरकारका उपसभामुख पुष्पा घर्ती, क्याम्पस प्रमुख डिल्लीराम भण्डारी, राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, शैक्षिक ब्यक्तित्वहरुले शिक्षालाई गुणस्रीय बनाउनुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने