किलोले हानेर दाजुको हत्या

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

File

सप्तरी – राँगा बाँध्ने किलोले प्रहार गरी दाजुको हत्या गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका– ३ का ४२ वर्षीय बलराम सदा मुसहरलाई कैद सजाय भएको छ ।सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशबाट अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले बताए । मादकपदार्थ खाएका अभियुक्तले ०७४ साउन २६ गते राति दाजुलाई घचेट्दै राँगा बाँध्ने किलोले प्रहार गरी घाइते बनाएकोमा भोलिपल्टै मृत्यु भएको भनी मृतककी श्रीमती रम्भाले उजूरी दिएकी थिइन् ।

घाइते बल्कुको साउन २७ गते बिहान मनकामना पोलिक्लिनिक फत्तेपुर, सप्तरीमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतककी श्रीमती ४५ वर्षीया रम्भा सदाले इलाका इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७४ साउन २७ गते उजूरी दर्ता गराउनु भएपछि अभियुक्तलाई तत्कालै पक्राउ गरिएको थियो । उनी ०७४ भदौ २० गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु