सहिद शमसेर बहादुर खत्रीको शालीकमा माल्यार्णपण गरी सहिद दिवस मनाइयो

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


रमेश विश्वकर्मा / गुल्मी  – नेपाली काँग्रेस रेसुङ्गा नगर कार्य समिति गुल्मीले सहिद दिवस मनाएको छ । काँग्रेसले सहिद शमसेर बहादुर खत्रीको शालीकमा माल्यार्णपण गरी दिवस मनाएको हो । सहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा तत्कालिन अमरपुर गाविसमा वि।स।२०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । हत्या पछि उनको शिर छेदन गरी जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शन गरी सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने प्रयास गरेको नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए । सहिद खत्रीले प्रजातन्त्रका लागि खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै सभापति श्रेष्ठले सहिदहरुको बाटोमा मुलुक हिड्न नसेको धारणा व्यक्त गरे । उनले पछिल्लो समय सहिदहरुको बलिदान र त्यागबाट प्राप्त भएका योगदानलाई सरकारले एकपछि अर्को गर्दै कुल्चिदै गएको आरोप लगाए । सभापति श्रेष्ठले सहिदको सपना साकार बनाउनका लागि सबै राजनैतिक पार्टी बीच एकताको खाँचो रहेको औल्याए ।देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका शहिदहरुको सम्झनामा मनाईने यो दिनमा अघिल्लो सरकारले विदा दिदैं आएको तर वर्तमान सरकारले विदा कटौती गरेको, संघ, प्रदेश, स्थानीय तहमा शहिद दिवसको अवसरमा कुनै पनि कार्यक्रम नभएकोमा खेद प्रकट गर्दै सहिदप्रति अपमान नगर्न श्रेष्ठले सरकारलाई चेतावनी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले अहिलेको परिवेश सहिदहरुको त्यागले मात्र आएको बताए । उनले सहिदले देखाएको बाटो प्रति हिड्न सक्यौ रु कि सकेनौँ भनेर समिक्षा गर्ने समय आएको पनि बताए ।नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका वीर सपुतको सम्झनामा यो दिवस मनाइएको नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका सभापति छवि पाण्डेले बताए ।देशमा निरङ्कुशता हटाउन, देश र जनताको लागि आफ्नो प्राण त्याग गरि जीवनको बलिदान शहिदहरुले दिए पनि वर्तमान सरकारले त्यसको अबमूल्यन गरिरहेको बताईएको छ । नेपालका विर चार शहिदले देश र जनताको लागि हाँसीहाँसी आफ्नो जीवन बलिदान गरेको समेत बताईएको छ । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका उपसभापति बिष्णु प्रसाद बलाल, नेपाल रेडक्रस सोसाइटी गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठ, जिल्ला सदस्य श्रीप्रसाद भलामी, झविन्द्र विश्वकर्मा, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष राम प्रसाद पन्थी, काँग्रेस गुल्मीका आमन्त्रित जिल्ला सदस्य धर्म पाण्डे, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे, नेविसघंका कार्यवाहक सभापति राम्जी पन्थी, जनप्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन काँग्रेस नगर सचिव अनिल बस्नेतले गरेको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…