स्कलर्सहोममा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


झबिन्द्र देवकोटा / बुटवल  –  स्कलर्सहोम बोर्डिङ्ग स्कुलमा शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण तथा शिक्षक कर्मचारी सम्मान कार्यक्रम गरिएको छ । सरस्वती पुजाको अवसर पारेर विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका विद्यार्थी एवम् विषयगत शिक्षकहरुलाई सम्मान गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोहरी बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत कमला चुदाँलीले विद्यार्थीमा नैतिक शिक्षा सिकाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।उहाँले विद्यार्थीहरु आधुनिक सुचना र प्रविधिलाई अवलम्बन गर्दै जादाँ समाजिक र नैतिक शिक्षालाई भुल्दै गएको उल्लेख गर्दै त्यसतर्फ शिक्षक

र अभिभावकले ध्यान दिनु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर नौका कार्यवहाक अध्यक्ष शिव अधिकारी, विद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडे, सहायक प्रिन्सिपल टिकाराम गौतम लगायतले विद्यार्थीहरुमा चौतर्फि विकास हुन आवश्यक रहेको बताउनुभयो । सो कार्यक्रमको अवसर पारेर विद्यालयले २०७५÷०७६ का विभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको थियो । यस्तै विद्यालय बाहिर भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी बनेका विद्यार्थीहरु सम्मान गरिएको थियो भने दीर्गसेवा शिक्षक कर्मचारी तथा विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको विद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया