हरैया माध्यमिक बिधालयको ५३ औं बार्षिक उत्सव सम्पन्न 

प्रकाशित मिति:

कञ्चन /गाउपालिका वार्ड नं। ३ हरैयामा रहेको हरैया माध्यमिक बिधालयको ५३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम रुपन्देही क्षेत्र नं। ५ ९क० का सांसद भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।अभिभावक तथा बिधार्थीहरुलाई सम्बोधन गर्दै सांसद ढकालले बिधार्थीहरुको सुन्दर भबिष्य निर्माण गर्नु छ र शिक्षामा गुणस्तरियता निकाल्नु छ भने अवको शिक्षा प्राबिधिक शिक्षालाई प्राथमिकता दिनु पर्ने बताउनु भएको छ । सांसद ढकालले प्राबिधिक शिक्षाले मात्रले बिधार्थीहरुमा आत्मनिर्भरता बाटो तय गर्ने बताउदै सांसद ढकालले भन्नु भयो प्राबिधिक शिक्षाले बिधार्थी र शिक्षक दुबैलाई सृजनात्मक बनाउने र सृजनात्मक बिधार्थी तथा शिक्षकहरुबाटै हरेक बिधालयहरुको शैक्षिक गुणस्तर आउने उल्लेख गर्नु भयो ।

फरक प्रसंगमा आगामी बर्ष देखि अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न स्थायी बसोबास अर्थात जग्गाधनी पुर्जा उपलब्ध गराइने बताउदै बर्ततमान नेकपा सरकारले ठूला ठूला बिकासका परियोजनाहरु अघि सारेको र उक्त परियोजना संचालमा आए पछि सबैले आफ्नो क्षमता र सिप अनुसार स्वदेशमै रोजगार प्राप्त गर्ने भएकोले अव कुनैपनि युवाहरु बिदेश जानु नपर्ने तबाउनु भएको छ ।यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको शैक्षिक तथा भौतिक बिकासको लागि प्रदेश तथा केन्द्र सरकारसंगको समन्वयमा योजनाहरु अघि सारिने र गाउपालिका भित्रका बिधालयहरुलाई फरक फरक बिशेष्ता सहितको बिधालय संचालन गर्नको लागि संचालनमा रहेका बिधालयहरुले योजना बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले बिधालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिधालयको शैक्षिक स्तर बृद्धिगर्न स्थानिय र प्रदेश तथा केन्द्र सरकारसंग समेत हरैया माबिको भौतिक पुर्वाधार सुधार गर्न सहयोग माग गर्नु भएको थियो ।प्रधानाध्यापक शर्माले साधारण शिक्षाको कक्षा संचालन गरिएका बिधालयहरुलाई जस्तो एउटै सोंचले दृष्टिकोण नराखिदिन आग्रह गर्दै कम्प्युटर तथा बिज्ञान बिषयको अध्यन अध्यापन गरिने बिधालय भएकोले ती शिक्षाहरुमा गुणस्तरियता ल्याउन बिषयगत ल्यावहरु आवस्यक पर्ने र बिधालयमा बिषयगत ल्यावको ब्यबस्था गरिदिन स्थानिय तथा प्रदेश सरकारलाई आग्रह गर्नु भएको थियो ।कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामु,हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चुडामणी शर्मा,यम बहादुर क्षेत्री,भरत मणी सापकोटा,पुष्पराज शर्मा,टीकाराज गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर पुनको अध्यक्षता,सह प्रधानाध्यापक प्रकाश आचार्यको स्वागत तथा शिक्षक तुल बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा जेहेन्दार,बिपन्न तथा उत्कृष्ट बिधार्थीहरुलाई शैक्षिक सामाग्री तथा छात्रबृत्ति बितरण गरिएको थियो ।