बाघलाई सुनको दाँत !

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी– इटालीका तस्करबाट पाँच वर्ष पहिले स्वतन्त्र गराइएको बंगाल टाइगर कारालाई सुनको दाँत हालिएको छ ।अगस्टमा एउटा खेलौना चबाउँदा यो बाघको दाँत टुटेको थियो । डेनमार्कका विशेषज्ञले जर्मनीको म्यासवाइलर सहरमा कारा नामको बाघको अपरेसन गरेका हुन् । यो सर्जरी तीन साता अघि भएको र अहिले बाघको अवस्था राम्रो भएको बताइएको छ ।

डेन्टिस्टको समूहले यो दाँतको सर्जरी दुई चरणमा पूरा गरेका हुन् । पहिले अगस्टमा टुटेको दाँतको मर्मत गरिएको थियो । त्यसका लागि दुई घन्टाको सर्जरी गरिएको थियो । अनि अक्टोबरमा सुनको दाँत लगाइएको हो । यसका लागि चाहिँ चार घन्टा लागेको थियो ।यसमा संलग्न विशेषज्ञहरुका अनुसार तीन सातासम्म कारालाई हड्डी नभएको मासु खान दिइएको थियो । काराको अब सबै दाँत स्वस्थ्य भएको र उसले मासु सहजै खान सक्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या