विद्यार्थीको चौतर्फी विकासका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं  –  नेपालली विद्यार्थीलाई प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै सक्षम नागरिक तयार गर्ने उद्देश्यले स्वस्तिश्री गुरुकुल सञ्चालनमा ल्याइएको छ। विश्व बजारमा सक्षम नागरिक तयार गर्न किताबी ज्ञानमात्र नभएर बालवालिकाको चौतर्फी विकास गर्न बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धतीको आवश्यकता पर्दछ।यो विद्यालयमा प्रकृति र समुदायसँगको अन्तरक्रिया, गहन अन्वेषक विश्लेषण, नियमित मूल्याङ्कनको विधि अपनाइन्छ। विद्यार्थीले प्रयोगशाला, खेल मैदान, समुदाय र वातावरणसँग ज्ञान आर्जन गर्नेछन्। सैद्धान्तिकभन्दा व्यवहारिक, प्रयोगात्मक र व्यवसायिक शिक्षा बढी दिइने उद्देश्य गुरुकुलको छ।नेपाल सरकारले तय गरेको पाठ्यक्रम, समय सुहाउँदो र विद्यार्थीलाई जीवन उपयोगी शिक्षा प्रदान गर्न केही पाठ्यक्रम थप गरी अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका सिकाइ पद्धतीलाई पनि अनुशरण गर्ने लक्ष्य गुरुकुलले लिएको छ।विद्यार्थीको चौतर्फी विकासका लागि विज्ञान विषयका प्रयोगशाला साथै गणित, अंग्रेजी, नेपाली,

सामाजिक शिक्षा लगायतका सबै कक्षा कोठालाई प्रयोगशाला कै रुपमा विकास गरिने छ।सबै कक्षामा स्मार्ट बोर्ड, उच्च प्रविधियुक्त कक्षा, विद्यालय परिसरमा अत्याधुनिक इन्टरनेट सुविधा उपलब्घ हुनेछ।यस विद्यालयका सबै कक्षाकोठा वातानुकुलित एयर कण्डिसन, फुटबल, बास्केटवल, टेबलटेनिस, ब्याडमेन्टिन, स्केटिङ्ग, कराँते लगायतका खेलकुदको लागि संरचना, जिम हल, अत्याधुनिक तातोपानी सहितको पौडी पोखरी इन्डोर हिटेड सुइमिङ्ग पूल लगायत अन्य विभिन्न सुविधाहरु उपलब्ध छन्। विद्यार्थीहरुलाई स्कुल आउन र घर जानको लागि वातानुकुलित आधुनिक बसको सुविधा दिइने छ।यस विद्यालयमा २१ औं शताब्दी सुहाउँदो शिक्षा दिन सक्षम शिक्षक राखिएका छन्। पूर्व प्राथमिक कक्षाहरु पनि सन्चालनमा छन्।अतिरिक्त कक्षाहरु  क्लव गतिविधि समेत सञ्चालन गरिने छ। तालिम प्राप्त सेफ, कुक र पोषण विषेशज्ञको निगरानीमा तयार पारिएको खाना बिहानको खाजा, खाना र दिउँसोको खाजा समय मिलाएर ३ पटकसम्म खुवाइने छ। विद्यार्थीहरुको नियमित पठनपाठन सोमबारदेखि शुक्रबारसम्म हुनेछ। शनिबार र आइतबार छुट्टी हुनेछ।अन्नपूर्ण पोस्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया