प्रधानमन्त्री ओलीद्वारा कतारी प्रधानमन्त्रीलाई बधाइ ज्ञापन

प्रकाशित मिति:

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहेकामा हार्दिक प्रसन्नता प्रकट गर्दै विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध भावी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरेका छन् ।