नेपालका लागि भारतीय राजदूतमा क्वात्र नियुक्त

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ -नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्र नियुक्त भएका छन् । उनी राजदूतमा नियुक्त भएको काठमाडौ‌स्थित भारतीय दूतावासले पुष्टि गरेको हो ।दूतावासले ट्वीटरमा लेखेको छ– ‘हाल फ्रान्सका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई नेपालका आगामी भारतीय राजदूतको रुपमा गरिएको नियुक्तिको दूतावास स्वागत गर्दछ ।’

यसअघिका राजदूत मन्जीभ सिंह पुरीले आफ्नो कार्यकाल पूरा गरी हालै स्वदेश फर्केपछि भारतले नयाँ राजदूत नियुक्त गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया