मानव वेचविखनको आरोपमा वडाअध्यक्ष पक्राउ

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9 Shares


ललितपुर – मानववेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका वडा नं। ४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन्।खड्का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले माघ १० गते सानेपाको एक घरबाट निज वडाध्यक्षसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो।पक्राउ पर्नेहरुमा वडाध्यक्ष लगायत काठमाडौं

महानगरपालिका वडा नं।१६ का वृजगोपाल श्रेष्ठ र भारत मोतिहारी चकिया विहार घरभई हाल ललितपुर महानगरपालिका वडा नं।२ का नबल ठाकुर हुन् । प्रहरी टोलीले उनीहरुलाई आत्तिजनक अवस्थामा रहेको अवस्थामा पक्राउ गरेको महानगरिय प्रहरी परिसर जाउलाखेलले जनाएको छ।उनीहरुलाई माघ १० गते १२ः३० बजे नियन्त्रणमा लिएको र जिल्ला अदालत ललितपुरबाट मानववेचविखन मुद्धामा थप अनुसन्धान गर्न ९ दिनको म्याद थप भएको महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया