जब अफिसमा गोही रिसेप्सनिस्ट बन्यो 

प्रकाशित मिति:

एजेन्सी / पछिल्लो समय एक तस्वीर निकै भाइरल बनिरहेको छ । एक गोही अफिसमा बसेर रिसेप्सनिस्ट बनेको तस्वीरले धेरैले मन पराएका छन् । यो अनौठो तस्वीर अमेरिकाका हास्यकलाकार क्रिस डेलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका थिए ।उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा र्‍याम्बो नामक गोहीको तस्वीर अप्लोड गरेका थिए । उनले शेयर गरेको गोहिको उक्त तस्वीर धेरैले मन पराए । उनले तस्वीर शेयर गर्र्दै लेखेका छन ु ्वाउ, गोहीले तपाईंको जागिर खाइदिने नै भयो

तस्वीरमा निकै लाइकहरु आए । तस्वीर धेरैले हेर्दै गोहीले पाइन्ट लगाएको छ कि छैन होला भन्ने अनुमान गरिरहेका छन् । यस गोहीलाई अमेरिकाको फ्लोरिडाकी मेरी थोर्नले पालेकी हुन् । उनले सन् २०१६ मा आफुले घरमा गोही राख्न पाउनेमुद्दा जितेकी थिइन् ।