शिक्षाको गुणस्तर वृद्धिमा विद्यालयमा राज्यले लगानी बढाउनु पर्छ :जिसस उपप्रमुख भूषाल

प्रकाशित मिति:

कौरव खत्री /गुल्मी-बागलुङको बडिगाड गाँउपालिका वडा नं। ५ स्थित पौदीटारी आधारभूत विद्यालयको ४५ औ बार्षिकउत्सव विविध कार्यक्रम सम्पन्न भएको छ । विहिवार बार्षिकउत्सवको उद्घाटन गदै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाग्लुङका उपप्रमुख विष्णु प्रसाद भुसालले शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयमा राज्यले भौतिक पुर्वाधारमा लगानी बढाउनु पर्ने बताए ।विहिवार पौंदीटारी आधारभुत विद्यालय बडिगाड गाउँपालिका ५, ग्वालीचौरको ४५ औ वार्षिकोत्सवको उद्घाटन गर्दै उपप्रमुख भुसालले सो कुरा बताएका हुन ।साथै भुसालले आधारभुत विद्यायल शैक्षिक सुधारमा अगाडी बढि सकेको भन्दै नमुना विद्यालय वन्नबाट कसैले रोक्न नसक्ने बताए । त्यस्तै उनले अंग्रेजी माध्ययममा पढाइ हुने सो विद्यालयको प्रशंसा गर्दै भुसालले अरु विद्यालयलाई पनि गुणस्तर वृद्धिमा लाग्न आग्रह गरे ।सोही अवसरमा कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं। ५ का अध्यक्ष अर्जुन खरेल, भानु माध्यमिक विद्यालय टारीका प्रधानाध्यापक केशव खरेल, आयोजक विद्यालयका पूर्व प्रअ तिर्थमणी भुसाल,जनज्योती मावि अरेवाका इश्वरी आचार्य, चन्दादाता शिवलाल आचार्य, स्वयंसेवक शिक्षकहरु इडिबेल्चर र अन्ना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चन्दादाता, सहयोगी, अतिथि लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिका बहादुर भुजेलले ५३ लाख ३५ हजार बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा बडिगाड गाँउपालिका वडा नं। ६ का वडाअध्यक्ष मौषमकाजी क्षेत्री,भिमभिठे माविका प्रधानाध्यापक सागर खरेल,त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, पत्रकार कौरव खत्री,कमल पौडेल,दिपक नेपाली, चन्दादाता,समाजसेवी,महिलाहरु लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरविद्यालय स्तरीय हाइजम्प प्रतियोगीता छात्र तर्फ त्रिभुवन नमुना मावि खर्वाङ प्रथम, भानु मावि टारी द्धितिय र पौंदिटारी आधारभुत विद्यालय तृतिय भएका छन्। त्यस्तै छात्रा तर्फ भानु मावि टारी प्रथम, खार मावि खार द्धितीय र पौदिटारी आ।वि। ग्वालीचौर तृतिय भएका छन्। रेकर्ड नृत्य प्रतियोगीता तर्फ भानु मावि टारी प्रथम, त्रिभुवन नमुना मावि खर्वाङ द्धितिय र आयोजक पौदिटारी आवि ग्वालीचौर तृतिय भएका छन्।

सोहि कार्यक्रममा अन्तरसदनात्मक मार्चपास तथा पि।टि। प्रदर्शन, अभिभावकहरुको कुर्चि दौड लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रमको सुरुमा स्वागत गित तथा विचविचमा सो नृत्य सहित विविध विद्यार्थीहरुको प्रतिभाहरु प्रदर्शन गरिएको थियो। कार्यक्रममा विजेता हुनेहरुलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा विद्यालयको लागि सहयोग पर्ने सहयोगी र पत्रकारहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा पूर्ण अंग्रेजी माध्ययममा पढाइ हुने सो सामुदायिक विद्यालयमा २ सय ४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने १७ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा प्रावि स्थायी ४ दरवन्दी, अस्थायी १ र आधारभुत तहको २ राहत दरवन्दी रहेको र ७ जना शिक्षक निजिस्रोतमा भएको विद्यालयले जनाएको छ । २ दिन सम्म चलेको वार्षिकोत्सवका विविध कार्यक्रम औपचारीक कार्यक्रम सहित विहिवार सम्पन्न गरिएको हो ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल खरेलको अध्यक्षता विद्यालयकी शिक्षिका कल्पना खरेल र विद्यार्थी जमुना बलामी स्वागत मन्तव्यसँगैशुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षकहरु रामचन्द्र खरेल, बुद्ध परियार र राजेन्द्र अचार्यले गरेका थिए ।