बालबालिकालाई बन्धक बनाउने बाथम प्रहरी कारबाहीमा मारिए

प्रकाशित मिति:

काठमाडौं/ भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालकलाई उद्धार गरिएको बीबीसीले उल्लेख गरेको छ।मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रति बालक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको आरोप पनि फिर्ता लिनुपर्ने माग राखेका थिए । अघिल्लो रात उनले एक बालकलाई रिहा पनि गरेका थिए ।

बन्धक बालबालिकालाई मुक्त गराउन एटीएसको कमाण्डो बोलाइएको थियो । साथै प्रहरीको थुप्रै अधिकारीहरु पनि घटनास्थलमा परिचालन भएका थिए । मोहम्मदाबाद तहसीलको करसिया गाउँमा जुन घरमा बालकलाई बन्धक बनाइएको थियो त्यो घर बाथमकै थियो ।प्रहरीका अनुसार बाथम शातिर किस्मका अपराधी थिए । उनी कैयौँ पटक जेल पनि गएका थिए । उनीमाथि हत्याको मुद्दा समेत चलिरहेको छ । स्थानीयका अनुसार आफ्नी छोरीको जन्मदिनको बहानामा उनले गाउँका बच्चाहरुलाई घर बोलाएका थिए । त्यसपछि उनीहरुलाई घरमै बन्धक बनाएका थिए ।फर्रुखाबादका प्रहरी अधिकारी डा। अनिल कुमार मिश्रका अनुसार बच्चालाई सकुशल उद्धार गरिएको छ भने केहि प्रहरी पनि घाइते भएका छन् ।प्रहरीलाई देख्ने बित्तिकै सुभाषले फायरिंग शुरु गरेपछि दोहोरो भिडन्त नै भएको थियो ।