यस्तो छ धनकी देवी लक्ष्मीलाई खुसी पार्ने काइदा !

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ ।घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनु पर्छ ।श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ ।त्यसै गरी पारोले बनाइएका जुन सुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् ।

घरमा पारोले बनेको लक्ष्मीको मुर्ती राख्नु निक्कै फलदायी मानिन्छ ।लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिकरुपमा गरिनु पर्छ ।श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ।कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ । यसले घरमा धनको वृद्धि हुने मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु