देविस्थान माबिको बार्षिकउत्सवमा बिभिन्न कार्यक्रम सम्पन्न

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की / गुल्मी – देविस्थान माबि घमिरले बिभिन्न कार्यक्रम गरि आफ्नो ४८औँ  बार्षिकउत्सव मनाएको छ । मालिका गाउँपालिका घमिरमा अबस्थित देबिस्थान माबिले मङगलबार देखि सुरु गरि ४८ औँ  बार्षिक उत्सवको बिहिबार एक वृहत कार्यक्रमका साथ समापन गरेको छ ।बिद्यालयले आफ्नो बार्षिकउत्सवको अबशरमा छात्र, छात्राको लागि भलिवल, रस्साकसी , सटफुट, रिले डौड, मालिका गाउँपालिका भित्रका माबि स्तरिय हाजिरि जवाफ प्रतियोगिता , पुरुष अभिभाबकको लागि घैटोफोर प्रतियोगिता र महिला अभिभाबकलाई सियो धागो लगाएतका बिभिन्न कार्यक्रम गरि उत्सव मनाएको देबिस्थान माबिले जानाकारी दिएको छ ।हाजिरिजवाफ प्रतियोगितामा मालिका मा बि मर्भुङ्ग सिमलटारी प्रथम ,अर्जै माबि अर्जै द्धितिय र देबिस्थान माबि घमिर तृतिया भएका छन् । घैटोफोर प्रतियोगितामा ओमप्रकाश सुनार प्रथम गोपाल बुढामगर द्धितिय र तृतिया राजेस बिक भएको देबिस्थान माध्यमिक बिद्यालय शिक्षक पुर्ण चन्द्र रोकाहमगरले जानाकारी दिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले देबिस्थान माबिले ४८ बर्षमा बिकास तथा शिक्षामा जति फड्को मारी प्रगति गर्नुेपर्ने थियो

त्यति मार्ने नसकेको र देबिस्थान माबिमा निर्माण गरिएका भवनहरु चारै तिर छरिएको देख्दा आफुलाई दुखि तुल्याएको बताए ।घमिरको पहिचान र शिक्षाको ज्योतिको रुपमा रहेको बिद्यालयलाई सुधार गर्ने र बिद्यालयको शिक्षाप्रगति रामा्रे बनाउँनको लागि घमिरबासि एकमुख भएर लाग्न सकेमा देबिस्थान माबिले मुहार फेर्ने प्रमुख अतिथि तथा समन्वय समिति गुल्मीका प्रमुख पराजुलीले बताए । देबिस्थान माबिको बिकासमा आफु सधै सकारात्मक रहेको र जिल्ला समन्वय समितिले निरन्तर सहयोग गर्दै आएको प्रमुख अतिथि पराजुलीले बताए ।

देबिस्थान माबि घमिरमा पढेका बिधार्थीहरु बिभिन्न सरकारी सेवा देखि मन्त्रालयमा रहेको र बिद्यालयमा पठन पाठन गर्ने छात्रा लाई महिनावारीको लागि गाउँपालिकाले निशुल्क प्याड ब्यबस्था मालिका गाउँपालिकाले गर्दै आएको गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका बिशेष अतिथि रित बहादुर थापाले बताए अध्यक्ष थापाले जानाकारि दिए ।शिक्षा नै समाज परिवर्तनको एक आखाँ रहेकाले सबै बिद्यार्थीहरु कुुलतमा नफसि पढ्नु पर्ने र बिद्यालयलाई आफु र गाउँपालिकाले सहयोग गर्दै आएको बताए । अग्रज र पुर्खाले स्थापाना गरेको बिद्यालय राम्रो बनाउँनको लागि सबैको आफ्नो क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।देबिस्थान माबि घमिरले निकै ठुला समस्या र चुनौति जेल्दै ४८ औँ बर्षमा प्रबेश गर्नुमा

घमिरबासि सबैको देन गौरव भएको वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए ।आफै पढेको बिदयालय भएकाले बिद्यालयको लागि वडा र आफ्नो ब्यक्तिगत तर्फबाट निरन्तर सहयोग गरेको वडा अध्यक्ष पन्थीले बताए ।बिद्यालयको बार्षिक प्रतिबेदन बिद्यालयका प्र .अ खिम बहादुर बुढाथोकिले प्रस्तुत गरेका थिए । अब बिद्यालयले स्वर्ण महोत्सव हुन दुईबर्ष भएकाले देश बिदेशमा रहनुभएका सम्र्पुण घमिरबासिबाट सहयोगको अपेक्षा लिएको प्रअ बुढाथोकिले बताए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली भुपु शिक्षक हेमराज पौड्याल , लालप्रसाद पन्थी ,देबकला पन्थी , खड्क बहादुर लम्साल थम्मन नरिकला अनकुमारी अक्षयकोष दाता घमिर रुपन्देहि सम्र्पक समाजका अध्यक्ष चुरा बहादुर कार्की, गरिब तथा जेहेनदार अक्षयकोष दाता टिका बहादुर खत्रि अक्र्फोड कम्प्युटरका ब्याबस्थापक तथा घमिर रुपन्देहि सम्र्पक समाजका सचिब रेश्मीराज घिमिरे साझा प्रिन्टका संचालक राजिब घिमिरे लगाएतका सहयोगदातालाई बिद्यालयद्धारा सम्मान गरिएको हो ।बिद्यालयको बार्षिक उत्सव कार्यक्रममा वनप्रतिनिधि,समाजसेबी,वुद्धिजिवी ,बिभिन्न राजनितिक दलका प्रतिनिधि , पत्रकार ,शिक्षापे्रमि, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया