नुहाउने क्रममा एक दम्पतीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – नुहाउने क्रममा एक दम्पतीको मृत्यु भएको छ । ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर एक दम्पतिको मृत्यु भएको हो । ललितपुर महानगरीय प्रहरी परिसरका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको ज्यान गएको हो ।

हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) थिए । प्रहरीका अनुसार उनीहरू बुधबार राति उक्त क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए । धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।