वालिङ नगरपालिका फाईनलमा प्रवेश

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल/स्याङ्जा —  स्याङ्जाको वालिङ नगरपालिका रौतहटमा जारी ‘चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६’ को फाईनलमा प्रवेश गरेको छ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी प्रतियोगितामा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै वालिङ फाईनलमा प्रवेश गरेको प्रशिक्षक दिलीप थापाले जानकारी दिए ।

चन्द्रपुर नगरपालिका–६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा बिहीबार भएको सेमिफाईनल खेलमा वालिङको जितका लागि दुबै गोल अमिशा कार्कीले गरेकी थिइन् । कार्कीको गोलले वालिङलाई फाईनलमा पु¥याएको हो ।

वालिङ नगरपालिकाले शनिबार आयोजक चन्द्रपुर नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक थापाले जानकारी दिए । चन्द्रपुरले मोरङको बिराटनगर महानगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय हुने नगरपालिकाले क्रमशः तीन लाख र एक लाख पचास हजार प्राप्त गर्नेछन् भने सेमिफाईनलमा प्रवेश गर्ने दुई नगरपालिकाले ५०÷५० हजार नगद प्राप्त गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु