नेविसंघ नेता त्रिपाठीले तोडे अनसन

प्रकाशित मिति:

काठमाडौं– कांग्रेस पार्टी कार्यालय सानेपामा पाँचदिन देखि आमरण अनशनमा बसेका विद्यार्थी नेता नवराज त्रिपाठिले अनसन स्थगित गरेका छन् ।

विधानअनुसार नेपाल विद्यार्थी संघको पदाधिकारी र सदस्य मनोनयन गर्दा ३२ वर्षे उमेर हद लागू गर्न माग गर्दै नेता त्रिपाठी ५ दिनअघि आमरण अनसन शुरु गरेका थिए । आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई असर पर्ने भन्दै नेविसंघका नेता त्रिपाठीले अनशन स्थगित गरेका हुन् ।

विधानअनुसार नेविसंघको नेतृत्व चयन गर्नुपर्ने भन्दै त्रिपाठी अनशनमा थिए । तर पार्टी सभापति देउवाले राजिव ढुंगानाको नेतृत्वमा नेविसंघको तदर्थ समिति गठन गरेका थिए । नेविसंघको विधानमा ३२ वर्षे उमेरहद रहेपनि ५० वर्ष हाराहारीका ढुंगाना अध्यक्ष चयन भएका थिए ।

नेविसंघको विधान कार्यान्वयनको माग गर्दै पार्टी कार्यालय सानेपामा विगत ४० दिनदेखि रिले अनशन जारी रहेको थियो । नेबी संघ नेता दिपक न्यौपानेले सबल्पोस्टलाई बताउनुभयो ।