हिमचुलीद्धारा राहत बितरण

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


भैरहवा । हिमचुली बचत तथा ऋण सहकारी संस्थाले राहत रकम बितरण गरेको छ । संस्थाको शेयर सदस्य लक्ष्मण बैदवार क्षेत्रीको मृत्यु पछि उनकी श्रीमति सुनिता बैदवार क्षेत्रीलाई सहकारीले नगद २ लाख २५ हजार रुपैया राहत बापत बितरण गरेको छ ।  स्वर्गिय शेयर सदस्य बैदवारको सम्झनामा उनकै घरमा पुगी श्रदाञ्जली सभा गरी मृतक शेयर सदस्यको परिवारलाई राहत स्वरुप सो रकम हस्तान्तरण गरिएको हो । सहकारीले शुक्रबार घरमै पुगेर सहकारीको नीति अनुरुप स्वर्गीय बैदवारको पत्नी सुनिता बैदवारलाई बिमा रकम बापतको २ लाख २५ हजार रुपैया सहयोग गरिएको हो । उक्त रकम सहकारीका अध्यक्ष बसन्तकुमारले श्रीवास्तवलाई हस्तान्तरण गरेका हुन । राहत रकम बितरण गर्न संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्ण, सचिव अम्बिका तिवारी, सल्लाहकार पर्शुराम पराजुली, कार्यसमिति सदस्य अम्बिका पराजुली, गणेश श्रेष्ठ लगायत कर्मचारी समेतको टोली पुगेको थियो । सहकारीले आफ्ना सदस्यको मृत्यु भएको खण्डमा २ लाख २५ हजार रुपैया राहत स्वरुप सहयोग उपलब्ध गराउदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने