रूपन्देही सैनामैना रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति:

रूपन्देही सैनामैना रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रामापुर चोकमा पुर्ब तर्फ आइरहेको लु ४२ प ७०९६ र लु २४ प ७४७२ नम्बरको स्कुटी ठोकिदा दुई जनाको मृत्यु भएको र १ जना गम्भिर घाईते भएका छन् !

दुर्घटनामा परि सैनामैना ७ का अन्दाजी वर्ष २१ का सुदिप चौधरी र नविन चौधरीको मृत्यु भएको हाे । दुर्घटनामा घाईते भएका सन्तराम चौधरीको बुटवल प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । तीन जना बिहेमा समाबेश भएर आउदै गरेका बुझिएको छ ।