ज्ञान ज्योतीको २३औ बार्षिक उत्सव एवम अभिभावक दिवस सम्पन्न

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / नवलपरासी – ज्ञान ज्योती एकेडेमी माध्यमिक बिद्यालय सुनवल १२ भुमही पश्चिम नवलपरासीको २३ औ बार्षिक उत्सव एवम अभिभावक दिवस शुक्रबार बिद्यालयको प्राङ्गगणमा सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टंक प्रसाद न्यैपानेको अध्यक्षता एवं सुनवल नगरपालीकाका नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले सुनवल नगरपालिका शौक्षिक क्षेत्रमा अग्रस्थानमा रहेको र नगरपालिकाले शौक्षिक निती, निमार्ण गरी अगाडी बढेको बताउदै शौक्षिक नितीले निजी बिद्यालयहरुलाई अपठ्यारो पार्ने नभई शौक्षिक रुपमा निजी र सामुदायिक बिच एकरुपता ल्याउने बताउनुभयो । अर्को प्रसङ्गमा बोल्दै नगर उपप्रमख अर्यालले सुनवल नगरपालिका विभिन्न तवरबाट बिकासको गती अगाडी बढाउने लक्षका साथ काम गरीरहेको र आउदो फागुन महिना भित्र नगरका सबै वडामा स्वस्थ्यको पहुच पुग्ने बताउनु भयो ।

उक्त कार्यक्रममा बिषेश अतिथीका रुपमा सुनवल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष यमलाल पाण्डेय, प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र बहादुर गुरुङ्ग, पुर्व शिक्षक जयराम बस्याल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा बिद्यालयका प्रिन्सीपल भेषनाथ न्यौपानेले बिद्यालयको गतिविधी तथा प्रगती प्रतिवेदन पस्तुत गर्दै २०५३ सालमा स्थापना भएको बिद्यालयले विभिन्न अवरोहहरु पार गर्दै यस क्षेत्रको शैक्षिक गतिविधी संचालन गरीएको र हाल बिद्यालयमा १ हजार १ सय बढि छात्रछात्रा अध्ययनरत रहेको बताउनु भयो । कार्यक्रममा बिद्यालयका विभिन्न गतिविधीहरुमा सहभागी तथा उत्कृृष्ट नतिजा ल्याउने छात्र छात्रा र बिद्यालयलाई सल्लाह सुझाव दिई सहयोग गर्नुहुने अभिभावकलाई समेत सम्मान गरीएको थियो । बिद्यालयका संचालक समिती सदस्य श्याम प्रसाद न्यौपानेको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन शिक्षक भोजराज पौडेलले गर्नुभएको थियो । सो अवसरमा बिद्यालयमा अध्यननरत विभिन्न समुहका बिध्यार्थीहरुले सास्कृतीक प्रस्तुती समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया