इटालीमा कोरोना भाइरसले संकटकाल घोषणा

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि इटालियन सरकारले संकटकाल घोषणा गरेको छ।शुक्रबार इटालियन सरकारले कोरोना भाइरस फैलनबाट रोक्न र तत्काल यसको समाधान गर्न संकटकाल घोषणा गरेको हो। बिहीबारदेखि इटालीले चीनसँगका सबै उडानहरु रोकेको छ। इटालीमा भ्रमण गर्न आएको एक चिनियाँ दम्पत्तिमा सो भाइरस फेला परेको हो।संक्रमित दम्पत्तिलाई रोमको स्पालान्जानी संक्रमण रोग संस्थानको निगरानीमा राखेर उपचार गरिएको डेली सबाले जनाएको छ।

इटालियन मिडियाका अनुसार संकटकाल घोषणापछि स्वास्थ्य अधिकारीहरूलाई विषेश अधिकार दिइएको छ भने तत्काल उपचार गर्नेगरी कागजी प्रकृया हटाइएको छ।प्रहरीले ती दम्पत्ति बसेको होटलको कोठा समेत बन्द गरिदिएको छ। अन्य चिनियाँ पर्यटकहरुलाई निगरानीमा राखिएको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हालसम्म १८ राष्ट्रमा पुगिसकेको छ भने दुई सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्।विश्व स्वास्थ संगठनले बिहीबार विश्वव्यापी रुपमै आपतकालीन अवस्था घोषणा गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?