थुनुवा कोठा नजिकै रहेको ट्वाइलेटमा एक युवक झुण्डिए

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ –  प्रहरी हिरासतमा रहेका एक युवक ट्वाइलेटको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । नयाँ बानेश्वर प्रहरी हिरासतमा रहेका युवक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।प्रहरी हिरासततमा रहेका हेमबहादुर रावतको रहस्यमय मृत्यु भएको भन्दै उनको परिवारले घटनाको सत्यतथ्य छानविन गरी यथार्थ सार्वजनिक गरिदिन राज्यका सम्बन्धित अधिकारीसमक्ष हारगुहार गरेका छन्।महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको थुनुवा कोठा नजिकै रहेको ट्वाइलेटमा रावत झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको उद्दार गरी उपचारका लागि अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेपछि उक्त घटनाप्रति परिवारजनले आशंका व्यक्त गरेका हुन्।प्रहरीका अनुसार, माघ १२ आइतबार बिहान साढे ५ बजे ट्वाइलेटमा ब्ल्याङकेटको घेरा च्यातेर त्यसको सहायतमा ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेका रावत सोही राती १२ बजे उपचारका क्रममा निधन भएको थियो।उक्त घटनाबारे जानकारी पाएलगत्तै बाजुराको खप्तड छेडदय गाउँपालिका ५ निवासी उनका पिता जितबहादुर काठमाडौं आएर घटनास्थलको अवस्था हेरेपछि सशंकित हुँदै आफ्नो छोराको मृत्य शंकास्पद भएको भन्दै शब मुचुल्का गरी पोष्टमार्टम गर्न र

बुझ्न इन्कार गरेपछि उक्त घटना बुधबार सार्वजनिक भएको हो।खप्तड छेडदय गाउँपालिका वडा नम्बर ५ निवासी जितबहादरले आफनो २२ वर्षीय कान्छो छोरा उच्चशिक्षा अध्ययनका लागि ललितपुरको इमाडोलमा बस्दै आएकोमा प्रहरी हिरासमा रहेको जानकारी समेत १२ गतेमात्रै पाएको बताउँदै यसबारे छानविन गरी सत्य तथ्य बाहिर नआएसम्म शब नबुझ्ने अडान दोहोर्याए।प्रहरी हिरासतमा उसँगै अरु धेरै जना व्यक्तिहरु रहेको स्थान र हिरासतभित्रको ट्वाइलेटको भौतिक अवस्था हेर्दा शंकास्पद रहेको र सो ठाउँमा मानिस झुण्डिएर मर्न सक्ने अवस्था नदेखिएको भन्दै उनले यसबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालदेखि गृहसचिव र गृहमन्त्रीलाई घटनास्थलमा जडान गरिएको सिसि टिभी फुटेज र अन्य प्रमाण उपलब्ध गराई दिन र न्याय दिलाइदिन पनि माग गरेका छन्।गृहमन्त्री रामबहादुर थापालाई गुहार्न सिंहदरबार पुगेका जितबहादुरले बिहिबार बिहान गृहमन्त्री थापालाई भेटेर घटनाको छानविन गरी दोषीमाथि कारबाहीको निवेदन दिने बताए।रावतलाई माघ ८ गते लागू औषध अपराधमा पक्राउ परेको दिपक भन्ने उनैको साथीले आफूले ८ हजार रुपैयाँमा रावतसँग लागू औषध खरिद गरेको जानकारी दिएको आधारमा प्रहरीले सोही दिन पक्राउ गरेको थियो।

नयाँ वानेश्वर प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले यसअघि तीन पटकसम्म चारीको आरोपमा पक्राउ परी धरौटीमा छुटेका रावतलाई लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा माघ ८ गते पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको जानकारी दिए।थुनामा रहेका रावत १२ गते आइतबार बिहान करिब ५ः३० बजे थुनवा कोठा नजिकैको ट्वाइलेटको भेन्टीलेशनकोमा ब्ल्याङकेटको छेउको फिता च्यातेर त्यसको सहायतमा झुण्डिएको अवस्थामा फेला परेपछि तत्काल उनलाई उद्दार गरी तीन मिनेटमै नजिकैको सिभिल अस्पताल भर्ना गरेको उनले जानकारी दिए।उक्त अस्पतालबाट थप उपचारका लागि मध्यवानेश्वरस्थित भेनस अस्पताल लगिएका रावतको सोही राती १२ बजे उपचारका क्रममा निधन भएको र यसमा सुरक्षाकर्मीप्रति आशंका गर्नु पर्ने कुनै कारण नभएको पनि प्रहरी प्रमुख रेग्मीले बताए।रावतका आफन्तजनले झुण्डिएको भनिएको स्थानको भौतिक अवस्था र भेन्टिलेशनको जाली फेरिएको तथा सिसि टिभीको फुटेज सार्वजनिक गर्न गरेको मागप्रति प्रहरी प्रमुख रेग्मीले भेन्टिलेशनको जाली औलाले च्यातेर पासो लगाएकोले अरु थुनुवाबाट हुनसक्ने अनपेक्षित घटनाको रोकथामका लागि भेन्टिलेशनको जाली फेरेको स्वीकार गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया