विश्वका सबैभन्दा धनी बिल गेट्सकी छोरीले गरिन् इंगेजमेन्ट

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा रहेका बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इंगेजमेन्ट गरेका छिन् । जेनिफरले यस कुराको जानकारी आफ्नो इन्स्टाग्राममार्फत तस्बिर शेयर गरेर दिएकी छन् ।२३ वर्षीय जेनिफरलाई नायेलले एक सुन्दर स्थानमा लगेर प्रपोज गरेका थिए । नायेलले जेनिफरलाई हीराको औँठी दिएर पूरै जीवन उनीसँग बिताउने अनुमति मागे । जेनिफरले तत्काल उक्त प्रस्ताव स्वीकार गरिन् ।जेनिफर र नायेल एकअर्कालाई चार वर्षदेखि चिन्छन् ।

जेनिफर बिल गेट्सकी जेठी छोरी हुन् । नायेल मिस्र पनि सबैभन्दा धेरै धनी युवाका रुपमा चिनिन्छन् ।जेनिफरले आफ्नो इंस्टाग्राम प्रोफाइलमा आफ्नो इंगेजमेन्टको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नायेल नसार, तिमी संसारमा आफ्नो ढंगको एक मात्र मानिस हौ । म अब सारा जीवन तिम्रो साथमा बिताउन चाहन्छु ।’यस्तै नायेल नसारले पनि इंस्टाग्राममा लेखेका छन्, ‘उनले प्रस्ताव स्वीकार गरिन् । म संसारको सबैभन्दा धेरै भाग्यमानी महसुस गरिरहेको छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन