शक्तिकी देवी कामाख्या मन्दिरको रहस्य

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
6K Shares


कामाख्या मन्दिर असामको राजधानी दिसपुर नजिक गुवाहाटीबाट आठदेखि १० किलोमीटरको दुरीमा अवस्थित छ । शक्तिकी देवी सतीको मन्दिर पहाडमा अवस्थित रहेको छ । त्यस मन्दिरको तान्त्रिक महत्व रहेको छ । प्राचीन कालदेखि वर्तमान समयसम्म तान्त्रिक स्थानको सर्वोच्च तीर्थस्थल मानिन्छ । मन्दिरको पूर्वी गेटबाट असाम राज्यको राजधानी विजपरदेखि ६ किलोमिटर दुरीको स्थानमा निलशेल पर्वतमालामा अवस्थित माता भगवतीको मन्दिर अवस्थित छ । सोही स्थानमा माता भगवती कामाख्याको सिद्ध शक्तिपीठ सतीको महामुद्रा योनि कुण्ड रहेको छ ।५१ ओटा शक्तिपीठ मध्ये कामाख्या शक्तिपीठ धेरै प्रसिद्ध र चमत्कारीक मन्दिर हो । त्यस मन्दिरमा देवी दुर्गा र माता अम्बेको चित्र कसैले देख्न सक्दैन । किनभने मन्दिरमा एक कुण्ड बनाईएको छ जहाँ सधै फुलले ढान्ने गरिन्छ ।त्यस कुण्डबाट सधै पानी निस्कने गर्दछ । चमत्कारीताले भरिएको त्यस मन्दिरमा देवीको योनीको पूजा गर्ने गरिन्छ ।

योनीको भाग भएकै कारण माता रजस्वला पनि हुने गर्छिन् ।पौराणीक कथा अनुसार त्यस ठाउँमा भगवान शिवको सतीप्रतिको ध्यान भंग पार्नका लागि भगवान विष्णुले चक्रको माध्यमबाट सतीको अंगलाई ५१ भाग गराएका थिए । जहाँ सतीको एक भाग य¥यो त्यहाँत्यहाँ एकएक शक्तिपीठ उत्पन्न भए । त्यस ठाउँमा सतीको योनी खसेको थियो जुन आज धेरै शक्तिशाली पीठ भनेर चिनिन्छ ।हरेक वर्ष अम्बुबाचीमा लाग्ने मेलाको अवसरमा ब्रम्हपुत्रको पानी तीन दिनका लागि रातो हुने गर्दछ । कामाख्या देवीको रजस्वलाका कारण पानी रातो हुने गर्दछ । तीन दिनपछि दर्शन गर्नका लागि भत्तजनहरुको भीड लाग्ने गर्छ ।भनिन्छ माता रजस्वला भएको तीन दिनसम्म सेतो कपडा मन्दिरको भित्र ओछ्याउने गरिन्छ । तीन दिनपछि मन्दिरको ढोका खोलिन्छ । उक्त सेतो कपडा रजस्वलाकै कारण रातो र भिजेको हुन्छ । त्यस कपडालाई अम्बुबाचीको बस्त्र भन्ने गरिन्छ । उक्त कपडा दर्शन गर्न आउने भक्तजनहरुलाई प्रसादका रुपमा दिने गरिन्छ ।धार्मिक ग्रन्थको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया