गृहमन्त्री र आइजिपीविरुद्ध तरुण दल पुग्यो मानव अधिकार आयोगमा

२३ आश्विन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
23 Shares


असोज २३ काठमाडौं । नेपाल तरुण दलले रोल्पा नगर अध्यक्ष रोहित पुनका हत्यारालाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै मानवअधिकार आयोग गुहारेको छ । गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको असक्षमताले अभियुक्त पक्राउ नपरेको तरुण दलको आरोप छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भूपेन्द्रजंग शाहीलगायतको टोलीले सोमबार राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीलाई ज्ञापनपत्र बुझाउँदै पुनको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको हो ।

तरुण दलले पुनको हत्यामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता देव घर्तीलगायतको समूह संलग्न भएको भन्दै उनलाई सहिद घोषणा गर्न पनि माग गरेको छ । ‘यस घटनामा प्रत्यक्ष संलग्न सम्पूर्ण दोषीलाई कानुनी कारबाही र मृतकलाई सहिद घोषणा गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी रोहित पुनलाई न्याय दिलाउन सरकार एवं सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गरिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ । गृहमन्त्रीकै आदेशमा प्रहरीले अभियुक्त पक्राउ नगरेको तरुण दलका नेताहरु बताउँछन् ।

राजनीतिक प्रतिशोध लिई तरुण नेता पुनको सुनियोजित ढंगबाट हत्या भए पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरी प्रशासनले गम्भीरता नदेखाएकाले मानवअधिकार आयोग गुहार्न बाध्य भएको तरुण दलका अध्यक्ष बस्नेतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव