दानबहादुर र रजनी प्रथम ह्वीलचेयर प्रयोगकर्ताहरुको दौडमा

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – शहीद दिवसका अवसरमा मेरुदण्डिय पक्षघात समुह नेपालले बिहीबार साहसिक ह्वीलचेयर दौड प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा ५४ जना ह्वीलचेयर प्रयोगकर्ता सहभागी थिए ।पुरुषतर्फ दानबहादुर थिङ प्रथम भएका छन् । उनले नगद १५ हजार र शिल्ड प्राप्त गरे ।यस्तै खुमबहादुर पाण्डे द्वितीय र विजय रोकाया तृतीय भएका छन् ।

उनीहरुले क्रमशः १० हजार र पाँच हजार नगद तथा सिल्ड प्राप्त गरेका छन् ।यस्तै महिलातर्फ रजनी राई प्रथम भइन् भने पुजा चौधरी र लाली तामाङले क्रमशः द्वितीय र तृतीय पुरस्कार प्राप्त गरे ।मेरुदण्डीय पक्षघात समुह नेपाल २०७२ सालमा ७ जना मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुद्वारा स्थापना गरिएको सामाजिक संस्था हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया