को हुन् सिद्धार्थ क्याम्पसका स्ववियु सभापतीका उम्मेद्वार पौडेल

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
4K Shares


राम भण्डारी – २०५० साल कार्तिक महिनाको २४ गते पिता भोजराज र माता दुर्गाको कोख बाट कान्छा छोरा महेश शर्मा पौडेलको गुल्मी जिल्ला मदाने गाउँपालिकाको भनभने नेटाखर्कमा जन्म भयो । विभिन्न कारणले गर्दा पितामाता गुल्मी छोडेर कपिलवस्तुमा महेशलाई साथमा लिएर झर्नु भयो र पौडेलको बाल्यअवस्था कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकामै बित्यो ।

जब महेश बिस्तारै आफ्नो प्राथमिक तहको अध्ययन सक्काएपछि नेबि संघ प्रतिको आस्था महेशमा पलाउन थाल्यो । दिनहरु बित्दै गए । उनी महेन्द्र उच्च माबिमा कक्षा ८ मा पढ्दा नेबि संघको सदस्यता लिए । उनले आफ्नो उच्च माबीको यात्रा कपिलबस्तु बाट सक्काएपछी सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा थप शैक्षिक यात्रा प्रारम्भ गर्न झरे । झरेको केही समयपछि अध्ययन संगै राजनीति गर्ने लक्ष उनको २०६५ सालको नेबि संघ इकाईको सदस्यका रुपमा पौडेल चुनिए ।

२०६५ देखि २०७० सम्म निरन्तर रुपमै उनी क्याम्पसका लोकप्रिय हुन पुगे र सबै विद्यार्थीको सुख , दुखमा निरन्तर सहयोगी यात्रि बने । नेबि संघ इकाईको २०७१ मा पुन अधिबेशन भयो र उनी इकाई उप सभापतीमा चुनिए । अनि २०७२ मै उनी नेबि संघ इकाईको कार्यबहाक सभापती बने र २०७३ मा इकाईको अधिबेशनबाट पौडेल इकाई सभापती बन्न सफल भए । त्यसो त महेश क्याम्पसका विद्यार्थी एबम प्राध्यापकका लोकप्रिय पात्र बन्ने कार्य निरंतरता रहिरह्यो । पौडेल रुपन्देहीका विभिन्न संघसंथामा आवद्ध भए । उनी तिलोत्तमा जेसिज बर्ष १८ का उपाध्यक्ष बर्ष १९ का कार्यकारिणी उपाध्यक्ष हुँदै बर्ष २० मा कोषाध्यक्षमा निर्वाचित भए । त्यस संगसंगै रोट्र्‍याक्ट क्लब अफ तिलोत्तमाका सदस्य , देबस्थल मन्दिर सञ्चालक समितीका लेखापाल , एपोलो हेल्थ सेन्टरको सञ्चालक समेत रहेका छन ।

क्याम्पसका जुनसुकै कार्यक्रममा सकृय सहभागिता जनाउने पौडेलले आफ्नो कार्यकालमा क्याम्पसमा रचनात्मक कार्यक्रमको आयोजना गर्ने कार्यलाइ निरन्तरता दिदै उनी अघि बढे । उनले क्याम्पसमा रक्तदान कार्यक्रम , सामाजिक कार्य अन्तर्गतनै वृद्धआश्रममा सहयोग , सरसफाइ , क्यालेन्डर बितरण , पुस्तक बितरण , विद्यार्थीहरुको परिचयात्मक एबम सबैको सहभागिताका लागि बनभोज कार्यक्रम लगायत क्याम्पसका नव आगन्तुक विद्यार्थीलाई स्वागत एबम सम्मान गर्दै इकाईलाइ अघि बढाए । उनी ब्यबस्थापन संकाय बाट स्नातक सम्पन्न गरि एमबिएस अध्ययन गर्दै छन साथै शिक्षा संकाय र कानुन संकायमा पुन स्नातक गर्दै छन ।

विद्यार्थी माझ लोकप्रिय पौडेल जिल्लाका पार्टी नेता संगपनी असल सम्बन्ध बनाएका छन । उनलाइ इकाईले स्वबियु सभापतिको उम्मेदवार चयन गरेपछी विद्यार्थीहरु नयाँ जोश र जागरले सबै हौसिएका छन । पार्टी नेताहरुमा पनि थप उत्साह र उमंग छाएको छ ।

लेखक बाट थप :  https://www.facebook.com/rambhandarigulmi

फेसबुकबाट तपाईको प्रतिक्रिया