ज्ञानपुञ्जमा खेल सप्ताह सम्पन्न

प्रकाशित मिति:

बुटवल/बुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज सेकेण्डरी बोर्डिङ्ग स्कुलमा माघ १२ गते देखि सञ्चालित खेल सप्ताह सम्पन्न भएको छ । खेल सप्ताहको समापनपछि शुक्रबार औपचारिक समारोहबीच विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि विद्यालयका संस्थापक प्राचार्य तोयाराम पौडेलले विद्यार्थीको चौतर्फी बिकासका लागि किताबी ज्ञानसंगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकता दिंदै आएको बताए ।

उनले उत्कृष्ट शैक्षिक गुणस्तरका कारण विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जितेको बताए । कार्यक्रममा विद्यालयका सहप्राचार्य हिमलाल न्यौपाने, कोर्डिनेटर सुर्य पाण्डे लगायतले मन्तब्य राखेका थिए । विद्यालयका सहप्राचार्य हिमलाल न्यौपानेको अध्यक्षता र अतिरिक्त क्रियाकलाप कोर्डिनेटर हरि भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।