विधि र बिधानको कार्यान्वयन गर्न माग गर्दै नेबिसंघ स्याङ्जा अनशनमा

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा –  नेपाली कांग्रेसले भर्खरै मात्र आफ्नो कार्यकर्ता उत्पादन गर्ने नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संघको तसर्थ समिती घोषणा गरेको छ । सभापति सेर बहादुर देउवा,बरिस्ठ नेता रामचन्द्र पौडेल, त्यस्तै पार्टी भित्र तेस्रो शक्तिको रूपमा उदाएका कृष्ण प्रसाद सिटौला बिच सहमतीमा तदर्थ समिती गठन गरिएको बताइएपनी विद्यार्थीमा भने सन्तुष्टि देखिदैन।नेता नवराज त्रिपाटि को नेतृत्वमा पार्टी कार्यालयमै आमरण अनशन बसि आज मात्र अनशन तोडेका छन ।यता स्याङ्जामा पनि नेपाल विद्यार्थी संघले बिरोध जनाउ गर्दै रिले अनशन बसेको छ ।जिल्लामा लोकप्रिय मानिने विद्यार्थी नेता

दिपक न्यौपानेको नेतृत्वमा बिरोध स्वरुप रिले अनशन बसेका छन। अनशनमा विद्यार्थी नेताहरु संघको जिल्ला कोषाध्यक्ष धुर्व पङ्गेनी, जिल्ला सदस्य ऋषि बस्याल,युवराज गुरुङ लगाएत करिव ५० जना विद्यार्थी नेताहरुले बिधान सम्मत तदर्थ समिति आउनुपर्ने बताउदै अनशन बसेका थिए।अनशन पछि नेता दिपक न्यौपानेले पार्टीले टिके प्रथाको अन्त्य गर्नुपर्ने,बिधान सम्मत ३२ बर्ष मुनिकै समिती हुनुपर्ने जस्ता कुरामा आफुहरु लागिपरेको हुनाले र पार्टीमा भएको ब्यक्ति हाबि हुने प्रवृत्तिको बिरोध गरेको बताए। आफुहरु सबै तह देखिनै बिरोधको तयारी समेत गरेको नेता न्यौपानेले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु