क्यान इन्फोटेक मेलामा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल/ बुटवलमा सञ्चालित नवौं संस्करणको सूचना तथा संचार प्रविधि प्रदर्शनी मेला (क्यान इन्फोटेक) मा पत्रकारिता विषयमा स्नातक र स्नातकोत्तर पढ्न चाहने विद्यार्थीलाई काठमाडौंको सेफर्ड कलेजले विशेष छात्रवृत्ति अफर राखेको छ । डीभी एजुकेसन अन्तर्गतको सेफर्ड कलेज मिडिया टेक्नोलोजीमा बीएमटी र एमएमटी पढाई हुने कलेज भएकाले इन्फोटेक मेलामा पत्रकारिता पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति योजना ल्याइएको कलेजले जनाएको छ । मेलाको स्टल नंं ५२ मा कलेजले दिने छात्रवृत्तिबारे जानकारी लिन सकिने सेफर्ड कलेजकी व्यवस्थापन प्रमुख कविता शर्माले बताइन् । ‘पत्रकारितामा ब्याचलर र मास्टर्स पढ्ने विद्यार्थीलाई मासिक शैक्षिक शुल्कमा विशेष छुट दिएका छौं’–शर्माले भनिन् । कलेजले मेला अवधिभर लक्की ड्र मार्फत हरेक दिन आकर्षक उपहार पाउने व्यवस्था पनि मिलाएको छ । क्यान महासंघका पदाधिकारीको रोहबरमा हरेक दिन लक्की ड्र खोलिने शर्माले बताइन् ।

बुटवल र ५ नं. प्रदेश सञ्चार माध्यम धेरै भएको र पत्रकारितामा मोफसलको राजधानी मानिएकोले यहां पत्रकारिता पढ्न चाहनेको क्रेज देखेर विशेष छुटको अफर ल्याएको कलेजले जनाएको छ । डीभी एजुकेसन अन्तर्गत ट्रिटन इन्टरनेसनल कलेजमा प्लस टुदेखि मास्टर्ससम्म विज्ञान,व्यवस्थापन र मानविकी संकायको पढाई हुन्छ भने शुभश्री इन्टरनेसनल कलेजमा बीएमटी र एमएमटीको पढाई हुन्छ । डीभी ग्रुप अन्तर्गतका सबै शैक्षिक संस्थाले विद्यार्थीलाई रोजगार बनाउने नीतिलाई प्राथमिकतामा राखेको शर्माले बताइन् । सेफर्ड कलेजबाट पत्रकारितामा मास्टर्स गरेका २ सय मध्ये एक सय १० जना नेपालका प्रतिष्ठित मिडिया हाउसमा कार्यरत छन् । कतिपय विभिन्न सरकारी र गैरसरकारी संघसंस्थामा मिडिया क्षेत्र हेर्ने गरी राम्रो रोजगारी पाएका शर्माले बताइन् । सेफर्ड कलेजले नियमित कक्षा लिन नपाउने विद्यार्थीलाई मध्यनजर गरी ई लर्निङ पनि शुरु गरिसकेको छ । मोबाइल एपमार्फत कक्षामा जान नपाउने विद्यार्थीले प्राध्यापकले कक्षा कोठामा पढाएको कुरा ७२ घण्टाभित्र हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको शर्माले बताइन् । उक्त एपमार्फत विद्यार्थीले कलेज नगईकनै हाजिरी गर्न सक्ने छन् ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा बुटवलको गोलपार्कस्थित बुटवल वहुमुखी क्याम्पस प्रांगणमा सञ्चालित मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० स्टलहरु रहेका छन् । मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलि कम्युनिकेशनस्, बैंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयां प्रविधिको प्रयोग गरेर स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर÷सफ्टवेयर संग सम्बन्धित स्टलहरु रहेका छन् । मेलाको विशेष आकर्षणको रुपमा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, हार्डवेयर र सफ्टवेयरमा नयां आविस्कारको प्रतियोगिता, युवा लक्षित टिकटक प्रतियोगिता, सुचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता बिषयमा गोष्ठी हुने प्रचार संयोवजक सुरेश भट्टराईले बताए । सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी,अपांग र जेष्ठ नागरिकलाई निशुल्क प्रवेश दिइएको मेलामा अनलाईन टिकट खरिदको व्यवस्था छ । मेलालाई प्रभु पेले मुख्य प्रायोजन र वल्र्ड लिंक लगायतका कम्पनीहरुले प्रायोजन गरेका छन् । मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया