स्वबियुको अन्योल को बिचमा नेपालटारमा गुन्जिदै महेश पौडेल

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
7 Shares


काठमाडौँ /यति बेला त्रिभुवन विश्व विद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरे पछि क्याम्पसहरुको माहोल तातेको छ । विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी नेताहरु भोटमाग्नलाई समेत व्यस्त भैसकेका देखिन्छन ।कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भए पनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन । विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समय देखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका छ । तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ ।अघिल्ला वर्षहरु विशेष गरि ३ विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यस पटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भए पछि झन यसले धेरैको ध्यान समेत खिचेको छ । दुई ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भईसकेको अबस्थामा यस पटक कांग्रेस निकट नेविसंघ र नेकपा निकट अनेरास्ववियु बिच नै प्रस्तीस्पर्धा हुनेछ । स्ववियु निर्वाचनलाई राजनितिक दलहरुले प्रतिष्ठाको लडाईको रुपमा समेत हेर्ने गरेका छन् ।

सभापतिमा महेश पौडेलको दावेदारी-यसै बिच काठमाडौको तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा अबस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि चुनावी रौनक राम्रैसंग छाएको देखिन्छ । फाल्गुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा महेश पौडेल ले आफ्नो दावेदारी प्रस्तुत गरेका छन ।नेविसंघ पर्वत का लोकप्रिय नेता समेत रहेका पौडेल लामो समयदेखि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको राजनितिमा सक्रिय छन । पर्वत जिल्ला फलेवास नगरपालिका को माद्यामिक तहबाट नेविसंघको राजनैतिक यात्रा सुरु गरेका हुन । पौडेल ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन । विद्यार्थीहरुका हरेक समस्यासंग परिचित भई सो समस्या हल गर्न सधै लागि परेको कारण नै उनलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ । पौडेलको पक्षमा माहोल बढ्दै जाँदा धेरै विद्याथीहरु उनको पक्षमा देखिन्छन । साथै पौडेल निर्विकल्प उमेद्धारको रुपमा रहेको समेत त्यहाँ अध्ययानरत विद्यार्थीहरु बताउछन ।नेविसंघ पर्वत काठमाडौँ सम्पर्क समितिका सह सचीव समेत रहेका पौडेल , शालिन र क्षमतावान विद्यार्थी नेताका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आज गते शनिबारको राशिफल
  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…