धार्मिक मान्यता अनुसार शनिबार गर्न नहुने ५ काम यस्ता छन 

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
358 Shares


काठमाडौँ /शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ –

१ आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।२ शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।३ शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।४ काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।५ शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी