बुटवल वार्ड न. १३ मा डेंगु नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न !

प्रकाशित मिति:

असोज २३ बुटवल । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोग नियन्त्रणको लागि आज बुटवल वडा नं. १३ मा जनचेतना मुलक कार्यक्रमको अयोजना गरिएको छ । डेगुं एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाई वाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाईबाट बच्नु नै यसको उत्तम उपाय भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । यसको लागि आफ्नो घर टोल वरपर सरसफाईको आवस्यकता रहेको बताएका छन ।

२५ वटा टोल विकास संस्था रहेको वडामा टोल टोलमा सरसफाई अभियान सञ्चान गरी लामखुट्टेले फुल पार्ने ठाउँको पहिचान गरी नष्ट गरिएको वडा नंं १३ का वडा अध्यक्ष नारायण पुनले बताउँनु भएको छ । पानी जम्ने ठाउँमा लामखुट्ट सक्रिय हुने भएकाले स्थानीयहरु सचेत हुन आवस्यकता रहेको बताउँनु भएको छ ।

विपद ब्यवस्थापन उप समितिका संयोजक ईश्वर गुरुङ्गको अध्यक्षता वडा नं. १३ का वडा अध्यक्ष नारायण पुनको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीय , टोल विकास सस्थास्वास्थ्य स्वंयम सेविका, गोरखा स्पोर्टस ट्रेनिङ्ग सेन्टरका ६० जना भन्दा बढि युवाको सहभागितामा सरसफाई गरिएको थियो । कार्यक्रम वडा सचिब प्रचण्ड आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।