ऐतिहासिक ‘ल्होसेधारा‘ मन्दिरको अवस्था जिर्ण बन्दै

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


इमरान खान  / नवलपुर – धार्मिक पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले अत्यन्तै प्रख्यात नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिका वडा नं। ८ मा रहेको ‘ल्होसेधारा मन्दिरको अवस्था जिर्ण बन्दै गएको छ । प्राचिन कालदेखि धार्मिक महत्व बोकेको यस मन्दिर दिनप्रतिदिन जिर्ण अवस्थामा पुग्दा मन्दिरको अस्तित्व नै धरापमा पर्ने चिन्ता स्थानियबासीहरुको रहेको छ । यस मन्दिरमा विशेषगरी सन्तान नभएकाहरुले सन्तानको वर मागे ल्होसेधारा बाबाले सन्तान दिनुहुन्छ भन्ने धार्मिक सोच तथा मान्यता रहिआएकोले यस मन्दिरको महात्व झन बढदै गइरहेको छ । सोहि मान्यता अनुसार धेरै टाढा टाढाबाट भक्तजन तथा श्रधालुहरुले यहा आएर सन्तानको वर माग्ने गर्दछन भने कतिपयले यहा आएर मागेको वर पुरा भएको जनविश्वास रहेको छ । बाह्रै महिना अटुट कलकल स्वच्छ पिउने पानि आईरहने , जतिसुकै गर्मीमा पनि शितल भईरहने, १०८ पिपल , १०८ शिवलिंग, १०८ गौधारा, विवाह व्रतवन्धको व्यवस्था , यस मन्दिरका मुख्य विशेषताहरुले गर्दा नै यहाँ नवलपुर ,रुपन्देहि , चितवन लगायतका बिभिन्न जिल्लाहरुबट मानिसहरु मनोकांक्षा बोकेर पुजा गर्न र घुम्न आउने गरेको मन्दिर व्यवस्थापन समितिले उक्त कुरा बताएका छन । कुनै समयमा अत्यन्तै थालिङ्ग अवस्थामा रहेको यस मन्दिरमा स्थानियहरुको सक्रियतामा नै सम्पुर्ण भौतिक संरचनाहरु निर्माण गरिएको थियो । तर पछिल्लो समय भने मन्दिर मुल प्रवेशद्धार नै भत्किएको छ , यतिमात्र नभई मन्दिरका पर्खाल, भुई , चर्पीहरु लगायत सबै जीर्ण बन्दै गइरहेको छ ।

 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गुप्तबहादुर केसीले बताउनुभयो । अहिलेसम्म सबैको आकर्षण बनेको उक्त मन्दिरको सबै पुर्वाधारहरु नै जिर्ण बन्दै गईरहदा मन्दिर व्यस्थापनका लागि नगरपालिकाबाट वार्षिक रु ३ लाख मात्रै बजेट विनियोजन हुदै आईरहेको छ उक्त रकमले कति काम गर्ने हो भन्दै केसीले गुनासो गर्नु भयो । यहा आउने भक्तजन तथा श्रधालुहरुसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वृद्धि गर्ने लक्ष्य लिईरहदा मन्दिरको अवस्था बाट झन घट्ने चिन्ता भइरहेको थापाले बताउनु भयो । यसैगरी नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले ल्होसेधारा मन्दिरको व्यवस्थापन गरी पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्नको लागि डिपिआर बनाएर प्रदेशमा पेश गरिसकेको तर प्रदेश बाट नै त्यस्को कुनै जवाफ नआएको रानाले बताउनुभयो । पर्यटन वर्ष २०२० को पर्यटकिय गन्तव्य स्थलहरुमध्ये नवलपुर जिल्लामा ल्होसेधारा मन्दिर पनि गनिएको छ । बढिभन्दा बढि पर्यटक भित्राउने वातावरण सृजना गर्नको लागि, मन्दिरका पुर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनको लागि स्थानीय सरकारको वार्षिक रु ३ लाख पर्याप्त होला तर मन्दिर व्यवस्थापनको लागि उक्त रकम अपर्याप्त रहेको मन्दिर व्यवस्थापनको गुनासो रहेको छ । नगरप्रमुख संगै सबै सरोकारवाला, स्थानिय एवं संघसंस्थाको साथ सहयोग आवश्यक रहि पर्याप्त बजेट जोहो गरी मन्दिरमा पुर्वाधार मर्मत गरी आकर्षण बढाउन सकिने मन्दिर समितिको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन