स्वबियुको अन्योलको बिचमा नेपालटारमा गुन्जिदै महेश पौडेल

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ: यति बेला त्रिभुवन विश्व विद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरे पछि क्याम्पसहरुको माहोल तातेको छ । विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी नेताहरु भोटमाग्नलाई समेत व्यस्त भैसकेका देखिन्छन ।कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भए पनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन । विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समय देखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका छ । तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ ।अघिल्ला वर्षहरु विशेष गरि ३ विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यस पटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भए पछि झन यसले धेरैको ध्यान समेत खिचेको छ । दुई ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भईसकेको अबस्थामा यस पटक कांग्रेस निकट नेविसंघ र नेकपा निकट अनेरास्ववियु बिच नै प्रस्तीस्पर्धा हुनेछ । स्ववियु निर्वाचनलाई राजनितिक दलहरुले प्रतिष्ठाको लडाईको रुपमा समेत हेर्ने गरेका छन् ।

सभापतिमा महेश पौडेलको दावेदारी – यसै बिच काठमाडौको तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा अबस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि चुनावी रौनक राम्रैसंग छाएको देखिन्छ । फाल्गुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा महेश पौडेल ले आफ्नो दावेदारी प्रस्तुत गरेका छन ।नेविसंघ पर्वत का लोकप्रिय नेता समेत रहेका पौडेल लामो समयदेखि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको राजनितिमा सक्रिय छन । पर्वत जिल्ला फलेवास नगरपालिका को माद्यामिक तहबाट नेविसंघको राजनैतिक यात्रा सुरु गरेका हुन । पौडेल ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन । विद्यार्थीहरुका हरेक समस्यासंग परिचित भई सो समस्या हल गर्न सधै लागि परेको कारण नै उनलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ । पौडेलको पक्षमा माहोल बढ्दै जाँदा धेरै विद्याथीहरु उनको पक्षमा देखिन्छन । साथै पौडेल निर्विकल्प उमेद्धारको रुपमा रहेको समेत त्यहाँ अध्ययानरत विद्यार्थीहरु बताउछन ।नेविसंघ पर्वत काठमाडौँ सम्पर्क समितिका सह सचीव समेत रहेका पौडेल , शालिन र क्षमतावान विद्यार्थी नेताका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु