क्यान्सर रोग लागेका बिरामीलाई यस्ता लक्षण देखिन्छन्

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


क्यान्सर आफैमा ठूलो रोग होइन, जसरी शरीरलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोेग लाग्छन्, क्यान्सर पनि त्यसरी नै लाग्ने सामान्य रोग हो । तर समयमा रोगको पहिचान र उपचारमा ढिला गरियो भने यसले ज्यान लिन सक्छ । शरीर वृद्धि विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास अथवा धेरै कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम नगर्दा पनि कोष अनावश्यक रुपमा वृद्धि हुने गर्दछ । शरीरको टाउको देखि खुट्टासम्मको जुनसुकै भाग, बाहिरी र भित्री अंगमा क्यान्सर हुन सक्छ । हाम्रो अस्वस्थकर खानपान र जीवनशैलीको कारणले, वंशाणु रोग भएर र विशेषगरी निकोटिनको प्रयोगले क्यान्सर लाग्न सक्छ । यसका विभिन्न चरणहरु हुन्छन्, समयमा नै उपचार गर्न सकेमा यो रोगबाट बच्न सकिन्छ । क्यान्सर रोग लागेका बिरामीलाई यस्ता लक्षण देखिन्छन्

लक्षणहरू

निल्न गाह्रो हुने

खोकी लाग्ने

स्वरमा बदलाव आउने

छाती दुख्ने

खकारमा रगत देखा पर्ने

घाउ खटिरा लामो समयसम्म निको नहुने

पाठेघरबाट पानी बग्ने

महिनावारी गडबड हुने

योनिबाट रगत बग्ने

तल्लो पेट दुख्ने

विनाकारण नाक मुखबाट रगत बग्ने

वजन घट्दै जाने

उपचार विधि

शल्यक्रिया

क्यान्सर लागेको भागलाई निकाल्ने विधि नै शल्यक्रिया विधि हो।

केमोथेरापी

कोषनाशक औषधिको प्रयोगद्वारा गरिने उपचार विधि नै केमोथेरापी हो।

रेडियोथेरापी

विकिरण भएको मेसिनद्वारा क्यान्सर कोषिका सेकेर उपचार गर्ने विधि हो।

हर्मोनथेरापी

विभिन्न हर्मोनको प्रयोगद्वारा उपचार गर्ने विधि नै हर्मोनथेरापी हो।

इम्युनोथेरापी

क्यान्सर रोग रोक्ने क्षमता वृद्धि गर्ने उपचार विधि नै इम्युनोथेरापी भनिन्छ।

क्यान्सर निदानका तरिका

बिरामीको जाँच

रगत परीक्षण

तन्तु तथा कोषको जाँच (बायोप्सी) गरेर

इन्डोस्कोपी गरेर

एक्सरे, अल्ट्रासाउन्ड, सिटिस्क्यान, एमआरआईको परीक्षण गरेर

क्यान्सरबाट जोगिने उपाय

चुरोट, बिंडी, खैनी, तमाखु, गुट्खा सेवन नगर्ने

सडेगलेका, ढुसी परेका, अखाद्य रंग मिसिएका पदार्थ नखाने

पोलेको मासु नखाने

जाँड, रक्सी सेवन नगर्ने

नियमित व्यायाम गर्ने

स्वच्छ, हरियो सागपात, फलफूल तथा पौष्टिक पदार्थ सेवन गर्ने

नियमित स्वास्थ्य परीक्षण गर्ने

न्सरको पहिलो चरणमा थाहा पाउन सके यसलाई निको पार्न पनि सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया