दुर्घटना हुँदा ३४ वर्षीय चालकको मृत्यु

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सुर्खेत –  वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।प्रदेश अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बेलुका मृत्यु भएको प्रवक्ता बताए ।प्रवक्ता रावलका अनुसार शुक्रबार बिहान सुर्खेत विनपा–११ गङ्गा पेट्रोलपम्प नजिक सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको लु १ ख ७६७०

नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे १ त ७५८९ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएका थिए ।उक्त घटनामा घाइते भएका ट्र्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका–२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जनाइको छ । ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका–१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया