रेडक्रस सिद्धार्थ शाखाको १४औँ साधारण सभा सम्पन्न

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


भैरहवा – नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको १४ औँ वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य आदित्यनारायण कासौधनले रेडक्रस सामाजिक सेवा र मानवताको धर्म निभारण गर्ने संस्था रहेको बताउँदै रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने पवित्र भावना रहेको हुँदा सहर केन्द्रित मात्रै नभएर गाउँगाउँमा रेडक्रसको सचेतना फैलाउनु पर्ने बताए । कार्यक्रममा दिपक क्षेत्री न्यौपाने, सुर्दशन नेपाल, भिष्मप्रसाद न्यौपाने, सतिस चौधरी, पुनर श्रेष्ठ, ओमका गौचन, किरण सरकार, सीता बुढाथोकी,

प्रकाश बहादुर थापा, रामकुमार शर्मा लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद सापकोटाले लेखा प्रतिवेदन, सचिव राजेश जिसीले सचिवको प्रतिवेदन र कार्यवाहक अध्यक्ष बसन्तलाल कर्णले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका आजिवन सदस्य, संस्थापक सदस्य, विशेष सदस्यलाई सम्मान गरिएको थियो भने भिष्मप्रसाद न्यौपाने र सञ्जीवबाबु काफ्लेले विशेष सदस्यता लिएकोले दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा सदस्य खगेन्द्र शर्माले रेडक्रसको आस्ता पाठ गराएका थिए भने शेषनारायण भण्डारीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया