कम्युनिष्ट सरकारले लोकतन्त्रलाई कमजोर बनाउन खोज्यो : देउवा

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकबादको बाटोमा अगाडी बढेको बताए । शनिवार तिलोत्तमा आएका देउवाले प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताए । दुई तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतन्त्रको मुल्य र मर्ममाथि नै प्रहार गर्ने विधेयक आएका छन् , उनले भने, कम्युनिष्ट सरकारको अधिनायकबाद बिरुद्ध प्रजातान्त्रिक शक्ति एक भएर अगाडी बढनु पर्छ ।  पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडीया काउन्सिल विधेयक विरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पुर्ण साथ र समर्थन रहेको बताए । प्रेस स्वतन्त्रतामाथि आंच आउन नदिन सदन मार्फत कांग्रेसले निरन्तर खबरदारी गरीरहेको भन्दै देउवाले पत्रकारको जायज मागको सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस प्रदेश ५ को संसदिय दलका नेता स्व.बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुन्य तिथीमा नेपाली कांग्रेस रुपन्देहीद्धारा आयोजित शोक सभामा देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीले कुनै न कुनै सम्मान दिने जनाए ।
सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले स्वर्गीय नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाइ सबैले अनुसरण गर्न सके सच्चा श्रद्धान्जली हुने बताए कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खांणले कम्युनिष्ट सरकारले अहिले सम्म अन्तरमनबाट लोकतान्त्रीक संविधानलाइ नै स्वीकार गर्न नसकेको बताए । जीवनको अन्तिम क्षण सम्मपनि देश र जनताकालागि लोकतन्त्र र प्रजातन्त्रलाइ बलियो बनाउनु पर्छ भनेर लागीरहेका स्व. नेता पाखेरेलको निधनले पार्टीलाई ठुलो क्षती पुगेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने