महोत्सवले मुसिकोटको समृद्धि र विकासमा टेवा पु¥याउँछ :नगरप्रमुख शर्मा गैरे

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / गुल्मी गलकोट नगरपालिका बागलुङका नगरप्रमुख भरत शर्मा गैरेले महोत्सवले मुसिकोटको समृद्धि र विकासमा टेवा पु¥याउने बताए ।चौथो दिनको महोत्सवलाई सम्वोधन गदै प्रमुख अतिथि शर्मा गैरेले यस्तो बताएका हुन । साथै नगरप्रमुख शर्मा गैरेले मुसिकोटको महोत्सवले स्थानीय कला संस्कृति र पर्यटन क्षेत्रको समृद्धि र विकासमा थप टेवा पुग्ने बताउदै स्थानीय तह समृद्धि र विकास हुदा केन्द्रको र समृद्धि र विकास हुने हुदा स्थानीय तह प्रदेश र संघीय सरकार बीच समन्वय हुनु पर्ने बताए ।त्यस्तै नगरप्रमुख शर्मा गैरेले समाज परिवर्तन र विकासका निम्ति आफूहरु लागि परेको बताउदै उनले प्रथम गुल्मी, पर्यटन,साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सवका गलकोट नगरपालिकाले लागि रु. १ लाख सहयोग गर्ने घोषणा गरे ।

सोही अवसरमा गुल्मी चम्बर अफ कर्मसका अध्यक्ष युवराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी, गलकोट नगरपालिका वडा २ का वडाअध्यक्ष भिम बहादुर भण्डारी, उद्योग बाणिज्य संघ गलकोटका उपाध्यक्ष ढालेन्द्र गौतम,जनप्रतिनिधि पत्रकार,समाजसेवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लोकदोहोरी गायिका राधिका हमाल,मञ्जु पौडेल,उज्वल गिरी,रामचन्द्र चन्द लगायत स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुती राखेका थिए ।कार्यक्रम मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन भने वाणिज्य सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया