लिटिल प्याराडाईजको रजत जयन्ती समारोह शुभारम्भ

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा – रूपन्देहीको तिलोत्तमा ७, भलवारीमा अवस्थित लिटिल प्याराडाईज ईंग्लिश मिडियम स्कूलले जारी शैक्षिक सत्र अवधीभर विविध कार्यक्रम गरि आफ्नो रजत जयन्ति समारोह मनाउने भएको छ ।आज विद्यालय प्रागंणमा आयोजित एक विशेष समारोहका विच तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रजत जयन्ति समारोहको विधिवत रूपमा उद्घघाटन गरेका छन । सो अवसरमा बोल्दै मेयर घिमिरेले, विद्यालयले आफ्नो २५ वर्षे यात्रा सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी लागेको बताउँदै संस्थागत एवं सामुदायिक विद्यालयहरूले अबको शिक्षामा सैद्धांतिक सँगसँगैब्यवहारिक शिक्षाका लागि समेत विद्यालयहरू अब चिन्तनशील बन्नुपर्नेमा जोड दिए । मेयर घिमिरेले तिलोत्तमा नगरपालिकाले संस्थागत एवं सामुदायिक विद्यालय बिच कुनै विभेद नगरेको बताउदै समयसापेक्ष शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिएका हुन ।सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एंव तिलोत्तमा वडा न ७ का वडाध्यक्ष दुर्गा प्रसाद पाण्डेले नगरमा शैक्षिक गुणस्तर सुधार्न यथासक्दो प्रयास गरिरहेको बताए । साथै उनले प्लाष्टीकमुक्त नगर बनाउन अब नगरभित्रका विद्यालयहरूले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।सो अवसरमा स्वागत मन्तब्य दिदै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले २०५१ सालबाट सालबाट सन्चालनमा आएको लिटिल प्याराडाईजले विभिन्न आरोह र अवरोहका विच हालसम्म अब्बल नतिजा ल्याउन सफल भएको जानकारी दिए ।

उनले विद्यालयले एलएलसी परीक्षामा सामेल भएको शुरू कै बर्ष २०६५ र ०६६ सालमा शतप्रतिशत नतिजा सहित २०७५ सालमा नगरपालिकाले पहिलो पटक लिएको आभारभुत तहको परीक्षामा समेत तृतीय स्थान हासिल गरेको जानकारी दिए । साथै उनले अन्य शैक्षिक, खेलकुद, सांस्कृतिक एंव सामाजिक लगायतका अतिरिक्त क्रियाकलापमा समेत विद्यालय सदैव अगाडी रहेको जानकारी दिए । विद्यालयले बर्षेनी सानो स्वर्ग स्मारिका प्रकाशन समेत गर्दै आएको छ हरेक बर्ष आयोजना हुदै आएको प्याराडाईज बिज्ञान तथा प्रविधि हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत आज आयोजित प्रतियोगितामा डन चिल्ड्रेन बोर्डिंग स्कूल नयाँमीलले प्रथम, होराईजन जिविएस ड्राईभरटोलले द्विप्तिय र लर्ड बुद्घ ज्ञान ज्योतिले तृतीय स्थान हासिल गर्न सफल भएका छन ।स्थानीय एंव जिल्लास्तरमा विभिन्न कार्यक्रम गर्ने गरि समयतालिका मिलाईएको बताउदै प्लाष्टीकमुक्त क्षेत्र घोषणा कार्यक्रममा सहयोग पुर्याउने गरि तिलोत्तमानगरसँगको सहकार्यमा यही माघ २३ गते भलवारी क्षेत्रमा करीब ४०० विद्यार्थी परिचालन गरि सरसफाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डेले जानकारी दिए ।विद्यालयका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता एंव प्रधानाध्यापक केएन सागर ज्ञवालीको स्वागत रहेको कार्यक्रमको सन्चालन राजेश केसीले गरेका थिए भने कार्यक्रममा समाजसेवी, राजनैतिककर्मी, बुद्धिजिवी र अभिभावक र विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया