उखु कृषक समितिले घोषणा गरेको आन्दोलन फिर्ता लियो

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट / नवलपरासी – उखु उत्पादक कृषक समिति पश्चिम नवलपरासीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले गर्दै आएको गतिविधि र आन्दोलनको स्वरुप बारे जानकारी गराएको छ । जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको उखु बालीलाई जिल्ला अन्र्तगतका चिनि कारखानाहरुले २५ करोड भन्दा बढी रकम भुक्तानी नगरेको सन्दर्भमा मन्त्रालय र जिल्ला प्रशासन स्तरिय वार्ता सहमतिबाट पनि उखु किसानको समस्या समाधान नगरेको अवस्थामा राजमार्ग केन्द्रित आन्दोलनको तयारी बारे जानकारी गराउदै ईन्दिरा चिनी कारखानाका सञ्चालक राजेश अग्रवालले माघ १९ गतेदेखी भुक्तानी दिने लिखित सहमति जनाएपछी आइतबार गर्ने भनिएको राजमार्ग केन्द्रित आन्दोलनलाई स्थगित गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । समितिका जिल्ला अध्यक्ष उमेश चन्द्र यादवले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सर्व पक्षिय भेलाबाट भुक्तानी तालिका प्रकाशन

कार्य सहमति पछी राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको बताउनुभयो । अध्यक्ष यादवले लुम्बिनी चिनि कारखानाको सम्पुर्ण बक्यौता रकम असुली गर्नका लागी लुम्बिनी चिनि कारखाना सञ्चालक र लेखा प्रमुखलाई ठगि मुद्दा दर्ता गरि कार्यावही प्रकृया अगाडी बढाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । सो अवसरमा किसान अगुवा देवकरण कलवार सन्तुले उखु बाली राष्ट्रिय बालीको रुपमा घोषणा भएको अवस्थामा नेपाल सरकारको चरम लापरवाहीले भुक्तानी प्रकृया र मुल्य निर्धारण सम्बन्धी कार्यहरु पनि अस्तब्यस्त बन्दै गएको बताउदै सम्पुर्ण प्रकृयालाई विधि सम्मत ढंगले किसानको पक्षमा न्याय गर्न राज्यलाई चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा सुनवलका उखु किसान ज्ञान प्रसाद यादवले जिल्ला प्रशासनबाट नै लुम्बिनी चिनि मिल सञ्चालक श्रेया अग्रवाललाई सरक्षण दिएको आरोप लगाउदै यस्ता खाले क्रियाकलापलाई तत्काल बन्द गर्नुपर्ने बताउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला