आसाका किरण संस्थाद्वारा गौतमबुद्ध रंगशालाकोलागि आर्थिक सहयोग

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


शारदा मरासिनी (सरु) /बुटवल – चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि दाङ्गको राप्ती गाउपालिकामा रहेको आसाका किरण नामक संस्थाले केहि रकम सहयोग गरेको छ ।विभिन्न सामाजिक संघ संस्थामा सक्रिय आसाका किरण संस्थाले ३८ हजार ३ सय ६५ रुपैया सहयोग गरेको हो ।सस्थाले विभिन्न बिध्यलयमा , क्याम्पस साथै राप्ती गा पा वाड १ पुल्चोकका व्यापारी हरुबाट रकम संकलन गरेको थियो ।अभियानलाई आदर्श नमुना मावि राप्ती गाउपालिका २ का विद्यार्थीबाट ५ हजार १ सय ९५ ,पब्लिक एजुकेशन एकेडेमि लालमटियाका विद्यार्थीहरुबाट १ हजार ४ सय २० ,ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाका विद्यार्थीहरुबाट ४ हजार ७ सय ६० ,मुनलाईट माविका विद्यार्थीहरुबाट २ सय ९५, नेपाल राष्ट्रिय मावि भालुवाङ्गका विद्यार्थीबाट १ हजार ८० , मौरीघाट माविका विद्यार्थीबाट २ हजार ९ सय ७० , सुर्योदय मावि सिसनियाका विद्यार्थीबाट ३ हजार ९ सय ४० ,सुर्यविनायक मावि लमहीका विद्यार्थीबाट ५ सय ७५, जनतामावि गढवा १ कालाकाटेका विद्यार्थीबाट १ हजार ८ सय ८० ,

राप्ती प्राविधीक शिक्षालय मौरीघाटका विद्यार्थी कल्याणकारीबाट ३ हजार ८ सय १० यस्तै भालुवाङ्गका उद्योगी , व्यापारी,, समाजसेवी , बुद्धिजिवी तथा सामाजिक अभियान्ताबाट १२ हजार ८ सय ५५ रुपैयां संकलन गरिएको थियो ।संकलित रकम ३८ हजार ५ सय ६५ रुपैंया आसाका किरण संस्थाका अध्यक्ष सुर्यकिरण केसीले धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सितारामा कट्टेल (धुर्मुश)लाई हस्तान्तरण गरेका थिए ।संस्थाका अध्यक्ष के.सी सहित उपाध्यक्ष अशोक बेल्वासे , सचिव विमल राना मगर ,सहसचिव दिवस आचार्य , व्यवस्थापक लोकमणि भुसाल सदस्य रिसीराम खनाल र प्रेस संयोजक ओम प्रकाश गुप्ता लगायतको टोली रंगशालामा पुगेर उक्त रकम हस्तान्तरण गरेको संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले बताएका छन ।धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया