मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
18 Shares


मणिग्राम  – रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शनिबारका खेलमा एक्सिस कलेज र वेष्टर्न मेघा कलेज विजयी भएका छन् । एक्सिस कलेज र क्षितिज ईण्टरनेश्नल कलेज ए बीच भएको खेलमा एक्सिसले क्षितिजलाई २ का विरुद्ध ३ गोल गरेर विजयी भएको हो । यस्तै वेष्टर्न मेघा कलेज र क्षितिज कलेज बीच भएको दोस्रो खेलमा मेघाले क्ष्तििजलाई १ का विरुद्ध ५ गोल गरेर विजयी भएको हो । जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत भोली आईतबार क्वाटर फाइनलका खेल हुनेछन् ।

भोली वेस्टर्न मेघा कलेज ढवाहा र स्मृति ईङ्गलिस स्कूल, राममणि कलेज र शान्ति नमुना मावि, पामिर एकेडेमी र एक्सिस कलेज, सगरमाथा कलेज देवदह र नेपथ्य कलेजका बीच क्वाटर फाईनल खेल हुने प्रतियोगिताका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अमनमान श्रेष्ठले जानकारी गराउनु भयो ।२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका बिद्यालय तथा कलेजगरी २५ टिमको सहभागिता रहेको जानकीनगर क्लवका अध्यक्ष दिनेश गरैले वताउनु भयो । प्रतियोगितामा विजयी टिमलाई ३० हजार तथा उपविजेता टिमलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी गराउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया