गैडहवामा स्वास्थ्य सामाग्री बितरण

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


गैडहवा – रुपन्देहीको गैडहवा गाउपालिकाको सुर्यपूरा र कर्महवा स्वास्थ चौकीलाइ करिब ३० लाख बराबरको स्वास्थ उपकरण तथा शैया लगाएत स्वास्थ्य सामाग्री रुपन्देही क्षेत्र नं. ५ .क का सांसद भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा वितरण गरिएको छ । हेल्पिङ फर रिलिफ एण्ड डेभलपमेनट कन्ट्री अफिस नेपालद्धारा उपलब्ध भएको स्वास्थ्य सामाग्रीहरु सूर्यपुरा स्वास्थ्य चौकीमा एक कार्यक्रम गरी बितरण गरिएको हो ।स्वास्थ्य सामाग्री बितरण गर्दै सांसद ढकालले अमेरिका को हेल्पिङ फर रिलिफ एण्ड डेभलपमेनट कन्ट्री अफिस नेपाललाई धन्यवाद दिदै ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनु निकै महत्वपुर्ण कार्य भएको स्वास्थ्य सामाग्री उपलब्ध गराउन महत्वपुर्ण भुमिका निर्बाह गर्ने राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईलाई समेत धन्यबाद ब्यक्त गर्नु भएको छ। सांसद ढकालले स्वास्थ नै सबै भन्दा महत्त्वपूर्ण भएको हुदा स्वास्थ क्षेत्रमा लगानी गर्ने कुनैपनि सहयोगदाताले पुण्य कमाउन कुनै देवताको आराधाना गर्नु नपर्ने बताउदै सहयोगी कार्यलाई गाउ गाउ पुर्याउनु पर्ने बताउनु भएको छ । यस्तै कार्यक्रममा गैडहवा गाउपालिका अध्यक्ष बच्चुलाल केवटले गैडहवा क्षेत्रमा

सांसद खिमलाल भट्टराईले पुराएको योगदानको कदर गर्दै सहयोगी संस्था हेल्पिङ फर रिलिफ एण्ड डेभलपमेनट कन्ट्री अफिस नेपाललाईलाई समेत धन्यवाद दिनु भएको थियो अध्यक्ष केवटले कार्यक्रममा बोल्दै स्वास्थ सेवामा गैडहवा गाउँ पालिकाको सुर्यपूरा र कर्महवा स्वास्थ चौकीमा स्वास्थ सामाग्रीको सहयोगले गाउँ पालिकालाई समेत ठुलो राहात मिलेको बताउनु भएकोछ ।कार्यक्रममा संस्थाका तर्फबाट विशिष्ट अतिथि जिवा पोख्रेलले नेपाल सरकारले सहयोगी संस्थालाई सहयोगी सामाग्री खरिद गर्दा भन्सार लगाएत अन्य सुविधा दिनु पर्नेबताउदै उपलब्ध गराएको स्वास्थ सामाग्रीको प्रयोग सहि तरिकाले गरिए धेरै समय धेरैले उपभोग गर्न पाउने बताउनु भएको छ। स्वास्थ्य चौकीहरुलाई उपलब्ध गराइएको सहयोग सामाग्री अमेरिकामा बस्ने मुस्लिम समुदायबाट संकलित थोरै थोरै दानबाट जम्मा भएको कोषबाट सयोग गरिएको उल्लेख गर्नु भएको छ ।गैडहवा गाउपालिकाका प्रशासकिय प्रमुख चिरञ्जीबि घिमिरेको स्वागत तथा गैडहवा गाउपालिका वार्ड नं। ६का वडा अध्यक्ष राम बेलास यादवको अध्यक्षतामा कार्यक्रम भएको हो ।हेल्पिङ फर रिलिफ एण्ड डेभलपमेनट कन्ट्री अफिस नेपालले गैडहवाको सूर्यपुरा र कर्महवा स्वास्थ्य चौकीलाई लगभग १४ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया