बर्दघाटलाई बालमैत्री नगर बनाउन गोष्ठी आयोजना

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


नवलपरासी –  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले बालमैत्री स्थानीय शासनका लागि अन्तरविष्लेशष तथा योजना तर्जुमा गोष्ठी पाल्पामा गरेको छ ।बर्दघाटमै छलफल गर्दा समय निकाल्न अप्ठेरो हुने र बाहिर गरेर छलफल गर्दा घनिभूत छलफल गर्न पाइने भन्दै पाल्पाको एउटा महंगो होटेलमा गोष्ठी गरेको हो ।बर्दघाटका नगरप्रमुख धिरज शर्मा बस्याल, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, बालक्लबका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहित ४५ जनाको टोली सहित पाल्पाको एउटा आलिसान होटलमा गोष्ठी गरिएको हो ।गोष्ठी शुक्रबार र शनिबार गरी दुई दिन चलेको छ । गोष्ठीमा बोल्दै नगरप्रमुख बस्यालले बर्दघाटलाई समृद्धि नगर बनाउन बालमैत्री नगर बनाउन आवश्यक रहेको र त्यसका लागि सबै सरोकारवालासँग बसेर योजना बनाउनु पर्ने तर बर्दघाटमै कार्यक्रम आयोजना गर्दा सबैले समय दिन नसक्ने भएकाले घनिभूत सहभागिताका लागि पाल्पाको तानसेनमा गोष्ठी आयोजना गरिएको बताए ।

स्थानीयले भने यस कार्यको आलोचना गरेका छन् । स्थानीय बासिन्दा रामचन्द्र भट्टराईले उक्त कार्यक्रम बर्दघाट नगरपालिकाकै सभाहलमा वा बर्दघाट भित्रकै कुनै होटलमा गर्न सकिने भए पनि घनिभुत छलफलको बाहानामा रमाइलो गर्न पाल्पा गएको भन्दै तिब्र आलोचना गरेका छन् । कार्यक्रम पाल्पाको ह्वाइट लेक होटलमा गरिएको छ ।४५ जनालाई खाना बस्न सहित कार्यक्रम गर्दा निक्कै खर्च हुने र त्यो रकम स्थानीय स्तरमै बालमैत्री सुशासनका लागि अन्य कुनै क्षेत्रमा लगाउँदा उपयोगी हुने स्थानीयको भनाई छ ।नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सबै त्यस कार्यक्रममा गएको भए पनि शुक्रबारको काम सकेर मात्र कार्यक्रमतर्फ लागेको बर्दघाटका एक जना वडा अध्यक्षले बताए । बेश नेपालको सहकार्यमा गोष्ठी गरिएको हो ।बर्दघाट नगर प्रमुख बस्यालसँग यस विषयमा जानकारी लिंदा आफू पाल्पा रहेको बताए पनि कार्यक्रमको बारेमा भने कुनै प्रतिक्रिया दिएनन्

फेसबुकबाट तपाईको प्रतिक्रिया